२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

झरना फाइनलमा

बिहिवार , पौष २, २०७७

बुटवल, २ पुस ।
प्रथम प्रचण्ड थैव स्मृति नकआउट फुटबल प्रतियोगिता २०७७ मा झरना स्पोर्टिङ क्लब कुन्जलापुर विजयी हुँदै फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको पहिलो सेमीफाइनल खेलमा शिवनगर युवा क्लब, दिपनगरलाई ट्राईबेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । 

सिद्धेश्वर खेल मैदानमा भएको खेलको निर्धारित समयमा झरनाका लागि अजय थापाले ८ औं मिनेटमा गोल गर्दै खेलमा अग्रता लिएका थिए । तर शिवनगरका सुनिल श्रेष्ठले खेलको १५ औ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । 

निर्धारित समयको खेल बराबरी भएपछि ट्राईबेकरमा गएको थियो । ट्राईबेकरमा शिवनगरका सुभाष महतो र सुमन बेल्बासेले बल बाहिर प्रहार गरे । खेलमा शिवनगरका किशोर राना  म्यान अफ दि म्याचबाट पुरस्कृत भए । 
शुक्रबार दोस्रो सेमीफाईनलमा आयोजक सौभाग्य युवा क्लब र सिद्धार्थ युवा क्लब, चपरहट्टिक बीचमा खेल हुने खेल संयोजक चक्र खड्काले बताए । यसै बीच स्वर्गिय प्रचण्ड थैव अक्षयकोष निमार्णको लागि खेलप्रेमी भुपेन्द्र क्षेत्री (हरि) ले ५० हजार रुपैयाँको घोषणा गरेका छन ।