
बिहिवार , पौष २, २०७७
बुटवल, २ पुस ।
प्रभु लाइफ ईन्स्योरेन्स लिमिटेडले सामाजिक उत्तरदायित्व अन्र्तगत नेपाल पत्रकार महासंघलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । बिहीबार एक समारोहकाबीच इन्स्योरेन्सका लुम्बिनी प्रदेश प्रमुख प्रशान्त सुवेदी, रुपन्देही शाखा प्रमुख प्रकाश अधिकारीले महासंघका अध्यक्ष यानेन्द्र जिसीलाई सुरक्षा कीट हस्तान्तरण गरेका हुन । महासंघका अध्यक्ष यानेन्द्र जिसीले सहकार्यका लागि धन्यवाद दिदै आगामी दिनमा संस्थागत रुपमा अघि बढ्ने समेत बताए ।
इन्स्योरेन्सका लुम्बिनी प्रदेश प्रमुख प्रशान्त सुवेदीले इन्स्योरेन्स संस्थाले नै सामाजिक उत्तरदायित्व बहन गर्ने बताए । अझै पनि केही इन्स्योरेन्स कम्पनीहरु सिक्ने क्रममा समेत रहेका भन्दै कमी कमजोरी औलाउँदै सच्चिदै अगाडी बढ्नुपर्ने बताए । इन्स्योरेन्सका प्रदेशमा १० वटा शाखामार्फत सेवा दिदै आएको उनले बताए । जसमा २७ सय बढी बिमितहरु रहेको उनले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij