२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

वडा कार्यालय बनाउन वडाअध्यक्षद्वारा जग्गादान 

शुक्रवार , पौष ३, २०७७

अर्घाखाँची, ३ पुस ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ५ को वडा कार्यालय भवन निर्माण गर्न सोही वडाका अध्यक्ष राजेन्द्र भुसालले ३ रोपनी जग्गा निःशुल्क प्रदान गरेका छन् । वडा कार्यालय नजिक रहेको आफ्नो व्यक्तिगत ३ रोपनी जग्गा वडा कार्यालय भवन बनाउन जग्गादान गरी उक्त लालपुर्जा सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसाललाई प्रदान गरेका हुन् ।

कार्यक्रममा मन्तव्य राख्दै नगरप्रमुख भुसालले वडा कार्यालयको बीच भागमा पर्ने जग्गा नगरपालिकाको वडा कार्यालय भवन बनाउन दिने वडाअध्यक्ष लगायतको परिवारलाई धन्यवाद व्यक्त गरे । उनले सबै वडा कार्यालयका आफ्नै भवन निर्माण गर्ने अभियानमा नगरपालिका लागेको जानकारी गराए ।