images

बिहिवार, बैशाख ६ गते २०८१

मल अभाव भएको गुनासो आएपछि कृषि सामग्री कम्पनी पुगे पाण्डेय

मल अभाव भएको गुनासो आएपछि कृषि सामग्री कम्पनी पुगे पाण्डेय

images
images
images
बुधवार, मंसिर १४ २०७९
बुधवार, मंसिर १४ २०७९
  • मल अभाव भएको गुनासो आएपछि कृषि सामग्री कम्पनी  पुगे पाण्डेय

    भैरहवा, १४ मंसिर ।
    गहुँ छर्ने सिजनमा मल अभाव भएको किसानको गुनासो आएपछि लुम्बिनी प्रदेशसभा सदस्य सन्तोष कुमार पाण्डेय बुधबार कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय भैरहवा पुगेका छन् । उक्त कार्यालयमा पुगेर निमित्त प्रादेशिक प्रबन्धक गणेश प्रसाद घिमिरेसँग मलको अभाव भएको कारणबारे जिज्ञासा राखेका छन् । सहकारी संस्थामार्फत किसानलाई रासायनिक मल वितरण गर्दा किसानले मल प्रयाप्त रुपमा पाउन नसकेको प्रदेशसभा सदस्य पाण्डेयले बताए । उनले भने, ‘खेतीयोग्य जग्गा धेरै भएको क्षेत्रअनुसार नै मल वितरण गर्नुपर्छ, जनताले निःशुल्क मल मागेका छैनन्, पैसा तिरेर पाउने कुरा सहज तरिकाले पाउनुपर्छ । ’ उनले खेतीयोग्य जग्गा भएका सम्पूर्ण वडामा प्रयाप्त मल पठाउनुपर्ने बताए । उनले कृषि सामग्री कम्पनी लिमिटेडको गोदामको समेत अनुगमन/अवलोकन गरेका छन् ।

    images
    images
    images

    लुम्बिनी प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका पाण्डेयले किसानलाई मल उपलब्ध गराउन आफूले पहल गरिरहेको जानकारी दिए । सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ का किसानहरुबाट मल नपाएको गुनासो आएपछि मल उपलब्ध गराउन पहल गरेको उनले बताए ।

    त्यस्तै प्रदेशसभा सदस्य पाण्डेयले कृषि ज्ञान केन्द्रका प्रमुख सन्देश धिताललाई टेलिफोनमार्फत मलको विषयमा जिज्ञासा राखेका छन् । त्यसै गरी पाण्डेयले सिद्धार्थनगर नगरपालिकाको कृषि शाखामा समेत पुगेर मलको व्यवस्थापनका लागि सहजीकरण गर्न ध्यानाकर्षण गराएका छन् ।

    कृषक लालचन यादवले मुख्य बेला मल पाउन नसकेको गुनासो गरे । उनले भने, ‘मलका लागि भारत जानुपर्ने बाध्यता छ, तर कहिलेसम्म हामीले मल अभावको समस्या झेल्नुपर्ने ? आवश्यक परेको बेलामा युरिया र डीएपी पाउन नसकिएको उनले बताए ।

    स्थानीय विकास रायमाझीले किसान धेरै पीडित भएको बताए । उनले भने, ‘अन्न उत्पादन गर्ने किसान नै सबैभन्दा पीडित छन्, यो समस्याको समाधान हुनुपर्छ ।’

    कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालयका निमित्त प्रादेशिक प्रबन्धक गणेश प्रसाद घिमिरेले आवश्यकताअनुसार पर्याप्त मल नआएको बताए । उनले कृषि सामग्री कम्पनी लिमिटेडबाट सिधै किसानलाई मल उपलब्ध गराउने अधिकार नभएको बताए । उनले भने, ‘सम्बन्धित पालिकाको निर्णय र सिफारिसअनुसार सहकारी संस्थाले कृषकलाई मल वितरण गर्दै आएको छ । ’

    सिद्धार्थनगर नगरपालिका कृषि अधिकृत योगेन्द्र प्रसाद यादवले मल आपूर्ति कम भएपछि वितरणमा असहजता भएको बताए । 

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij