२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

कालिका मानवज्ञान माविको ६० औं वार्षिकोत्सव सुरु 

शुक्रवार , पौष ३, २०७७

बुटवल, ३ पुस । 
कालिका मानव ज्ञान मावि बुटवलको ६० औं वार्षिकोत्सव सुरु भएको छ । वार्षिकोत्सवका अवसरमा विद्यालयले विभिन्न खेल प्रतियोगिताहरु सुरु गरेको छ । पहिलो दिन शुक्रबार छात्रतर्फ १५ सय मिटरको दौड प्रतियोगिताको उद्घाटन गर्दै वार्षिकोत्सव सुरु भएको हो । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होम बहादुर गलामीले प्रतियोगिताको उद्घाटन गरेका हुन् ।  सो अवसरमा बोल्दै अध्यक्ष गलामीले शैक्षिक क्रियाकलापसंगै विद्यार्थीको स्वास्थ्य र सर्वाङगीण विकासका लागि खेलकुद प्रतियोगिताको ठूलो महत्व हुने बताए । 
वार्षिकोत्सवको अवसरमा विद्यालयले भलिबल, एथलेटिक्स, निवन्ध, चित्रकला, वक्तृत्वकला र शेर बहादुर गुरुङ जिल्लास्तरीय अन्तरमावि कविता प्रतियोगिता गर्ने विद्यालयका प्राचार्य विष्णुहरि ज्ञवालीले बताए । पुस ७ गते वार्षिकोत्सव मूल समारोहमा शैक्षिक पुरस्कार, अक्षयकोषबाट छात्रवृत्ति वितरण, जीपीए ४ ल्याउने कक्षा ८ र १० का विद्यार्थी तथा दीर्घ सेवी शिक्षक सम्मान लगायतका कार्यक्रमहरु रहेको प्राचार्य ज्ञवालीले बताए । 

कोरोना महामारीका कारण यस वर्ष खेलकुदका विभिन्न प्रतियोगिता आन्तरिक रुपमा मात्रै गर्नु परेको विद्यालयका खेल प्रशिक्षक हरिष ओलीले बताए ।