images
images

आइतवार, जेठ ६ गते २०८१

चियाङ चेमिनको निधनमा नेपालमा मौनधारण

चियाङ चेमिनको निधनमा नेपालमा मौनधारण

images
images
images
शुक्रवार, मंसिर १६ २०७९
शुक्रवार, मंसिर १६ २०७९
  • चियाङ चेमिनको निधनमा नेपालमा मौनधारण

    भैरहवा, १६ मंसिर ।
    चिनियाँ पूर्वराष्ट्रपति चियाङ चमिनको निधन भएको छ । चिनियाँ कम्युनिष्ट पार्टीका पूर्व महासचिव, केन्द्रीय सैन्य आयोगका पूर्वअध्यक्षसमेत रहेका पूर्वराष्ट्रपति चियाङको बुधबार ९६ वर्षको उमेरमा निधन भएको चिनियाँ सरकारी सञ्चार संस्था सिन्ह्वाले जनाएको छ ।

    images
    images
    images

    यसैबीच नेपाल चीन मैत्री समाज लुम्बिनीले शुक्रबार चिनियाँ पूर्वराष्ट्रपति चियाङ चमिनको निधनमा दुःख व्यक्त गरेको छ । समाजले उनको निधनले एक सच्चा कर्मठ, इमान्दार छिमेकी नेता गुमाएको जनाएको छ । चेमिनको निधनमा शुक्रबार एक मिनेट मौन धारणा गरेको छ । साथै समाजले चिनिया जनता र चिनिया राष्ट्रपति  चियाङ चमिनप्रति समवेदना प्रकट गरेको समाजका अध्यक्ष नारायण प्रसाद सापकोटाले बताए ।  

    समाजका अध्यक्ष नारायण प्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष गोविन्द प्रसाद रेग्मी, उपाध्यक्ष डा. ऋषिराम शर्मा, कोषाध्यक्ष खिम बहादुर खत्री लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन सचिव जनकराज पन्तले गरेका थिए । 

    जनगणतन्त्र चीनका पूर्व राष्ट्रपति चियाङ चमिनको देहावसानले नेपालले एक सच्चा असल मित्र गुमाएको कार्यक्रमका सहभागीले बताएका छन् ।

    कुसल राजनेता चियाङ चमिनमा हार्दिक श्रद्धाञ्जली तथा मौन धारणा कार्यक्रममा सो कुरा व्यक्त गरिएको हो ।  
    चियाङ सन् १९८९ को तियानमेन स्क्वायरमा भएको आन्दोलनपछि चीनको शक्तिमा उदाएका नेता हुन् । सन् १९२६ को १७ अगस्टमा जन्मिएका उनी तियानमेन स्क्वायरमा भएको विद्यार्थी आन्दोलनपछि चिनियाँ कम्युनिस्ट पार्टीको महासचिव बनेका थिए ।

    सन् १९४६ मा सीपीसीको पार्टी सदस्यता लिएका उनले संघाई विश्वविद्यालयबाट इलेक्ट्रिकल इञ्जिनियरिङ अध्ययन गरेका थिए । केही समय चीनका उद्योगहरूमा काम गरेका उनले सन् १९५५ मा सोभियत युनियनबाट इलेक्ट्रिकसम्बन्धी थप तालिम समेत लिएका थिए ।

    इलेक्ट्रिक अनुसन्धानदातासमेत रहेका उनी सन् १९८० मा आयात तथा निर्यात राज्यमन्त्री बनेका थिए । त्यसको दुई वर्षपछि उपमन्त्री बनेका उनी उक्त कार्यकालको अन्तिमतिर मन्त्री नै बनेका थिए । चीनले गरेको विकासमा उनको महत्वपूर्ण भूमिका रहेको मानिन्छ ।

    उनी त्यहीबीचमा सन् १९८२ मा मार्टीको केन्द्रीय सदस्य बने भने १९८५ मा संघाईको मेयर र १९८७ मा पार्टी राजनीतिक ब्यूरो सदस्य बनेका थिए । पार्टीको नेतृत्वमा पुगिसकेपछि उनले सन् १९९३ मा चीनको शक्तिशाली मानिने केन्द्रीय सैन्य आयोगबाट देङ स्यावो पिङ हटेपछि उनी त्यसको पनि अध्यक्ष बनेका थिए । सन् १९९७ मा देङ स्यावो पिङको निधन भएपछि उनी चीनका सर्वोच्च नेता बनेका थिए ।

    उनी सर्वोच्च नेता भएपछि नै चीनका तीन लाखभन्दा बढी उद्योगहरूमाथि सरकारको एकाधिकारलाई खुकुलो बनाउँदै निजीकरणमा लैजाने योजनाको सुरू भएको बताइन्छ ।

    यससँगै अमेरिकासँग रहेको चीनको तिक्तापूर्ण सम्बन्ध सुधारमा पनि चियाङको महत्वपूर्ण भूमिका रहेको थियो । उनी सन् १९९७ मा सम्पन्न चीन–अमेरिका सम्मिटमा सहभागी भएर चीनका विषयमा उठिरहेको मानवअधिकारको विषयमा बोलेका थिए । उनी सन् २००२ सम्म पार्टीको नेतृत्वमा रहे भने २००३ सम्म चीनको राष्ट्रपति पदमा रहेका थिए ।

     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij