images
images

आइतवार, जेठ ६ गते २०८१

स्थानीय सरोकारवालाहरुसँग अन्तरक्रिया 

स्थानीय सरोकारवालाहरुसँग अन्तरक्रिया 

images
images
images
शुक्रवार, मंसिर १६ २०७९
शुक्रवार, मंसिर १६ २०७९
  • स्थानीय सरोकारवालाहरुसँग अन्तरक्रिया 

    भैरहवा, १६ मंसिर ।
    मानव बेचविखन तथा ओसारपसार नियन्त्रणका लागि स्थानीय सरोकारवालाहरुले  सचेतना जगाउनुपर्नेमा जोड दिएका छन् । उनीहरुले मानव बेचविखन जस्तो जघन्य अपराधमा संलग्नलाई कडा कारवाही गर्नुपर्ने बताएका छन् । 
    माइती नेपाल भैरहवा आवधिक गृहको आयोजनामा शुक्रबार भैरहवामा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी सरोकारवालाहरुले सो कुरा बताएका हुन् । मानव बेचविखनको शैली नयाँ नयाँ तरिकाले हुने गरेकाले सजगता अपनाउनुपर्नेमा उनीहरुले जोड दिए ।

    images
    images
    images

    मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि सरोकारवाला निकायसँग अन्तरक्रिया तथा छलफल कार्यक्रममा सीमा क्षेत्रमा कार्यरत नेपाल प्रहरी, सशस्त्र प्रहरी, जिल्ला प्रहरी कार्यालयमा मुद्दा तथा अनुसन्धान शाखामा कार्यरत प्रहरी, अधिवक्ताहरु र संघ–संस्थामा कार्यरत अधिकारकर्मी, स्थानीय तहका जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको माइती नेपाल भैरहवाकी कार्यक्रम संयोजक माया क्षेत्रीले सहजीकरण गरेकी थिइन् । 

    कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख यादव प्रसाद सापकोटा, एबीसी नेपालका क्षेत्रीय प्रमुख मनोज लामिछाने, समिता मल्ल, लक्ष्मण न्यौपाने, सुनिल त्रिपाठी, पुष्पा श्रेष्ठ लगायतले बोलेका थिए ।

     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij