images
images

आइतवार, जेठ ६ गते २०८१

नेवार कन्याहरुको ईहि शुरु

नेवार कन्याहरुको ईहि शुरु

images
images
images
शुक्रवार, मंसिर १६ २०७९
शुक्रवार, मंसिर १६ २०७९
  • नेवार कन्याहरुको ईहि शुरु

    बुटवल, १६ मंसिर । 
    बुटवलमा नेवार कन्याहरुको सामूहिक ईहि विवाह (बेलविवाह) शुरु भएको छ । श्री नेवा पुच नेवा समाज विकास परिषद्को आयोजनामा शुक्रबारदेखि दुईदिने सामूहिक ईहि यज्ञ तथा ब्रतबन्ध कार्यक्रम शुरु भएको हो । नेवारी कला, धर्म, संस्कृति संरक्षण गर्ने उद्देश्यका साथ २३ औं संस्करणको कार्यक्रम गर्न सफल भएको परिषदका अध्यक्ष काजीमान श्रेष्ठले बताए ।

    images
    images
    images

    काठमाडौंका नेवार पंडित हरिशरण राजोपाध्यायले कन्या तथा उनीहरुको अभिभावकहरुलाई विधिपूर्वक ईहि संस्कारका सबै विधिहरु गर्दै आएका छन् । नेवार समुदायको कन्या रजस्वला हुनु भन्दा पहिले गरिने अनिवार्य संस्कारमध्ये ईहि एक भएको उनले बताए । सामूहिक ईहि गरिदा मितव्ययी हुने भएकाले पनि पछिल्लो समय यसमा आकर्षण रहेको उनले बताए । पुचमार्फत विभिन्न अक्षयकोषहरु छन् । जसबाट विभिन्न सामाजिक कार्यहरु गर्दै आएको उनले बताए । नेवार पितृहरुको सम्झनामा पितृ अक्षयकोष स्थापना गरेर यसमा ४ लाख रुपैयाँ भन्दा बढी रकम जम्मा भएको उनले बताए । 

    पुचका सचिव तथा संयोजक लक्ष्मी श्रेष्ठले वार्षिक रुपमा ईहिलाई निरन्तरता दिदै आएको बताइन् । यो वर्ष ३३ जना नेवार कन्याहरु सहभागी रहेका छन् । सात जनाको ब्रतबन्ध समेत हुने उनले बताए ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij