images

शनिवार, बैशाख ८ गते २०८१

आफ्नै प्रशासनिक भवन बनाउँदै रोहिणी गाउँपालिका

आफ्नै प्रशासनिक भवन बनाउँदै रोहिणी गाउँपालिका

images
images
images
शनिवार, मंसिर १७ २०७९
शनिवार, मंसिर १७ २०७९
  • आफ्नै प्रशासनिक भवन बनाउँदै रोहिणी गाउँपालिका

    भैरहवा, १७ मंसिर । रुपन्देहीको रोहिणी गाउँपालिकाको आफ्नै सुविधासम्पन्न प्रशासनिक भवन बन्ने भएको छ । गाउँपालिकाको ३ कठ्ठा र जिल्ला समन्वय समिति रुपन्देहीको ४ कठ्ठा गरी ७ कठ्ठा जग्गामा भवन बन्न लागेको हो ।

    images
    images
    images

    शनिबार गाउँपालिकाको प्रशासनिक भवनको भूमि पूजन गरिएको छ । गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव, उपाध्यक्ष शिवकान्ती हरिजन, प्रवक्ता वीर बहादुर क्षेत्री, प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतम, निवर्तमान अध्यक्ष सनोज कुमार यादव, वडाअध्यक्षहरु लगायतले संयुक्त रुपमा भूमि पूजन गरेका हुन् ।

    WhatsApp Image 2022-12-03 at 6.50.04 PM.jpeg

    अण्डग्राउण्ड पार्किङसहित ६ तल्ले भवन निर्माण हुन लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमले बताए । उनले भवनमा बैंकको एक्सटेन्सन काउण्टरका साथै भोलिका दिनमा थप हुने सेवालाई मध्यनजर गर्दै ठाउँ छुट्याइएको जानकारी दिए । त्यस्तै गाउँपालिका भवन परिसरमा मन्दिर समेत निर्माण गरिने उनले बताए । भवनको डीपीआर स्वीकृत भएपछि संघबाट बजेट माग गरिने गरिने गौतमले बताए ।

    गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले रोहिणी गाउँपालिका–३ स्थित धकधईदेखि ५०० मिटर पश्चिम भैरहवा परासी सडकखण्ड अन्तर्गत भवन निर्माण हुन लागेको बताए । आफ्नो कार्यकालमा गाउँपालिकाको प्रशासनिक भवन, १५ शैयाको अस्पताल, खेलमैदान तथा शिक्षा, खानेपानी, स्वास्थ्य लगायतका क्षेत्रलाई प्राथमिकता राख्दै काम अघि बढाएको बताए । उनले ३ वर्षमा गाउँपालिका भवन निर्माण सम्पन्न हुने बताए ।

    WhatsApp Image 2022-12-03 at 6.50.02 PM.jpeg

    गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ३ का वडाअध्यक्ष वीर बहादुर क्षेत्रीले भवन निर्माणका लागि जिल्ला समन्वय समितिबाट २ करोड ४० लाख र गाउँपालिकाबाट आर्थिक वर्ष २०७९/०८० मा १ करोड ३० लाख विनियोजन गरिएको जानकारी दिए । उनले सर्वप्रथम बाउन्ड्री वालको काम सम्पन्न गरिने जानकारी दिए । करिब १५ करोडको लागतमा भवन निर्माण हुने उनले जानकारी दिए ।

    रोहिणी गाउँपालिकाका निवर्तमान अध्यक्ष सनोज कुमार यादवले वर्तमान गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादवको नेतृत्वमा गाउँपालिका भवन निर्माणको थालनी भएको र सबैले हातेमालो गर्दै अघि बढ्नुपर्ने बताए । उनले विगतमा पनि गाउँपालिकाले प्रशासनिक भवनका लागि धेरै पहल गरेको बताए । उनले भने, ‘सहयोग र सहकार्य गर्दै अघि बढ्नुपर्छ, भवन निर्माण कार्य सुरु हुनु गाउँपालिकाका लागि खुसीको कुरा हो । ’उनले निर्माण हुने गाउँपालिका भवन पुग्ने सडक निर्माणका लागि जग्गा प्रदान गर्ने स्थानीयबासीलाई धन्यवाद समेत दिए ।

    WhatsApp Image 2022-12-03 at 6.52.09 PM.jpeg

    जिल्ला समन्वय समिति रुपन्देहीका निवर्तमान उपप्रमुख पशुपतिनाथ यादवले विगतमा भएका प्रयास सार्थक भएको बताए । उनले गाउँपालिकाको आफ्नै भवन निर्माण हुनु गर्वको विषय भएको बताए । 

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij