२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

गुल्मीमा अटोरिक्सा दुर्घटना : चालकको मृत्यु, ४ जना घाइते

शनिवार , पौष ४, २०७७

  • 5.5K
    Shares
  • 5.5K
    Shares
  • गुल्मी ०४ पौष । गुल्मीमा अटोरिक्सा दुर्घटना हुँदा चालकको मृत्युु भएको छ भने चार जना गम्भीर घाइते भएका छ्न ।

    शुक्रबार राति ८ः३० बजे जिल्लाको गुल्मी दरबार गाउँपालिकाको चारपाला घुम्टि देखि सदरमुकाम तम्घास तर्फ फर्कदै गर्दा भगेरिमा लु १ ह २७४३ नम्बरको अटो रिक्सा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

    अटोरिक्सा चालक तेजबहादुर रानाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । अटोरिक्सा दुर्घटना हुँदा रे.न.पा २का सुरज बिक रे.न.पा१२ का रमेश खत्री रे.न.पा २ कि रोशना परियार र सोही वडाका मिलन बिक घाइते भएका छ्न ।

    दुर्घटनामा परि घाइते भएकी रोशना परियारको लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, सुरज बिकको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा र बाकी दुइजनाको गुल्मी अस्पताल तम्घासमा उपचार भैइरहेको रेसुङ्गा नगरपालिका १३ का वडाध्यक्ष खुम खत्रीले बताए ।

    अटोरिक्सा सडक देखि २०० मिटर तल खसेको खसेको वडा अध्यक्ष खत्रीले जानाकारी दिए ।