images

सोमवार, बैशाख २४ गते २०८१

भैरहवामा अन्तरविद्यालय क्रिकेट प्रतियोगिता सुरु, एभरेष्टको विजयी सुरुवात

भैरहवामा अन्तरविद्यालय क्रिकेट प्रतियोगिता सुरु, एभरेष्टको विजयी सुरुवात

images
images
images
आइतवार, मंसिर १८ २०७९
आइतवार, मंसिर १८ २०७९
  • भैरहवामा अन्तरविद्यालय क्रिकेट प्रतियोगिता सुरु, एभरेष्टको विजयी सुरुवात

    भैरहवा, १८ मंसिर ।
    रुपन्देहीको भैरहवामा आइतबारदेखि स्व.शेरबहादुर सेन्चुरी मेमोरियल अन्तरविद्यालय स्तरीय टी–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । रुपन्देही क्रिकेट संघको आयोजनामा सुरु प्रतियोगिताको उद्घाटन खेलमा एभरेष्ट बोर्डिङ स्कूल बुटवलले साई ग्लोबल एकेडेमीलाई ९ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

    images
    images
    images

    भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको साई ग्लोबलले निर्धारित खेलमा ९ ओभरमा सबै विकेट गुमाउँदै ५९ रन जोड्यो । उसका लागि मोहम्द हुसेनले २० रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । उसलाई सस्तैमा रोक्न एभरेष्टका रोजन रेग्मीले ४, कुशल अर्यालले ३ र शौरभ भण्डारीले १ विकेट लिए ।

    जवाफी ब्याटिङ गरेको एभरेष्टले ६ ओभरमा १ विकेटको क्षतिमा ६० रन जोड्दै जित निकाल्यो । उसको जितमा चाल्स भट्टराईले १५ र सन्देश थापाले ८ रन बनाए । बलिङमा साई ग्लोबलका निर्वाण क्षेत्रीले १ विकेट लिए । एभरेष्टका रोजन रेग्मी म्यान अफ द म्याच भई ५ सय रुपैयाँबाट पुरस्कृत भए । 

    लामो समयदेखि रुपन्देही क्रिकेट संघले सञ्चालन गर्दै आएको यो प्रतियोगिता पछिल्ला दुई वर्ष कोरोना महामारीका कारण रोकिएको थियो । यसपटक महामारी कम भएकाले पुनः प्रतियोगिता सुरु गरिएको संघका अध्यक्ष हरि बहादुर थापाले बताए । प्रतियोगिताको विजेता टीमले नगद ३० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्ने खेल संयोजक उदय कुमार मल्लिकले जनाए । उनका अनुसार उपविजेता टीमलाई नगद १५ हजार रुपैयाँ र ट्रफी प्रदान गरिने छ । यस्तै, म्यान अफ द सिरिजलाई ५ हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानलाई २ हजार ५ सय, प्रत्येक खेलको म्यान अफ द म्याचलाई ५ सय रुपैयाँ प्रदान गरिने छ । प्रतियोगिताको अन्तिममा अनुशासित खेल प्रदर्शन गर्ने एक टीमलाई पनि पुरस्कृत गरिने छ ।

    यसअघि प्रतियोगिता उद्घाटन गर्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले खेल क्षेत्रको विकासमा नगरपालिकाले सधैं हातेमालो गर्ने जनाए । उनले खेलले राष्ट्रलाई चिनाउने जनाउँदै क्रिकेटलाई प्राथमिकता दिएर नगरपालिका अघि बढ्ने बताए । उनले अनुशासित भएर खेल खेल्न खेलाडीहरुलाई आग्रह गरे । निजी र संस्थागत गरी १३ विद्यालय सहभागी प्रतियोगिता मंसिर २४ गतेसम्म सञ्चालन हुनेछ ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij