२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

छाडा गाईवस्तु व्यवस्थापन गर्न ठोस कदम चाल्छौं : सिद्धार्थनगर नगरपालिका

शनिवार , पौष ४, २०७७

भैरहवा, ४ मंसिर ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले छाडा गाईवस्तु व्यवस्थापन गर्नको लागि भविष्यमा ठोस कदम चाली विशेष कार्ययोजनासहित कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ । 

नगरको मुख्य/मुख्य सडक क्षेत्रभित्र तथा सहायक सडकहरुमा घरमा पालिएका पाल्तु तथा छाडा गाईवस्तुहरु व्यवस्थापन गर्ने सन्दर्भमा नगरपालिकाको गहिरो ध्यानाकर्षण भएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारीले बताए ।

‘शुक्रबार नगर क्षेत्रभित्रका विभिन्न संघ–संस्था तथा यसमा चासो राख्ने महानुभावहरुको उपस्थितिमा बैठक बसी व्यापक छलफल तथा अन्तरक्रिया कार्यक्रम भयो, ’नगरप्रमुख अधिकारीले भने ।FB_IMG_1608339864357.jpg