images

शुक्रवार, चैत्र १६ गते २०८०

अन्तरविद्यालय क्रिकेट प्रतियोगिता : होराइजन र जेसिज विजयी

अन्तरविद्यालय क्रिकेट प्रतियोगिता : होराइजन र जेसिज विजयी

images
images
images
सोमवार, मंसिर १९ २०७९
सोमवार, मंसिर १९ २०७९
  • अन्तरविद्यालय क्रिकेट प्रतियोगिता : होराइजन र जेसिज विजयी

    भैरहवा, १९ मंसिर ।
    स्वर्गिय शेरबहादुर सेन्चुरी मेमोरियल अन्तरविद्यालय स्तरीय टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबारको खेलमा होराइजन जीविएस स्कूल, बुटवल र जेसिज हाई स्कूल, भैरहवा विजयी भएका छन् । होराइजनले बुद्धज्योति स्कूल भैरहवालाई १ सय १० रन र जेसिजले शन साइन इङ्लिस बोर्डिङ स्कूल, भैरहवालाई १ रनले पराजित गर्दै जीत निकालेको छ ।

    images
    images
    images

    पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले निर्धारित २० ओभरमा सुदन कँडेल र सुभम खनालको अर्धशतकीय पारीमा ५ विकेटको क्षतिमा २ सय २ रनको विशाल योगफल बनायो । कँडेलले ५९ रन जोड्दा खनालले ५१ रन बनाए । यस्तै, समिप गौतमले १५ रन बनाए । बलिङमा बुद्ध ज्योतिका आयुष झाले २ तथा शुभम यादव र रोहन हरिजनले समान १–१ विकेट लिए ।

    जवाफमा बुद्धज्योति ९ विकेटको क्षतिमा ९२ रनमै समेटियो । उसका लागि रोहन हरिजनले २१, मनोज यादवले ११ र सुदिप चौधरीले १० रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । बुद्धज्योतिलाई सस्तैमा रोक्न बलिङमा होराइजनका शशांक ज्ञवाली, विप्लब केसी र कुशल पौडेलले समान २–२ विकेट लिए । होराइजनका सुभम खनाल म्यान अफ द म्याच घोषित भए । उनी पाँच सय रुपैयाँबाट पुरस्कृत भए ।

    दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको जेसिजले निर्धारित खेलमा पूरै विकेट गुमाउँदै ९७ रनको योगफल बनायो । उसका लागि निश्चल भुसालले ३३ र सागर कुँवरले १० रनको योगदान दिए । बलिङमा शनसाइनका हविबुल्लाह अन्सारीले ३ तथा गणेश धवल, प्रदीप पासी र वृजेश यादवले समान १–१ विकेट लिए ।

    जवाफमा शन साइनले पूरै विकेट गुमाउँदै ९६ रन मात्रै बनायो । उसका लागि सनुप सेनले २१ र वृजेश यादवले १९ रन जोडे पनि अन्य ब्याट्सम्यान नचल्दा सामान्य लक्ष्य पनि भेट्टाउन सकेन । बलिङमा जेसिजका निश्चल भुसालले ३ तथा निशान्त बस्याल र संगम पाण्डेले समान २–२ विकेट लिए । खेलमा जेसिजका निश्चल भुसाल म्यान अफ द म्याच भए र ५ सय रुपैयाँ प्राप्त गरेको आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापाले बताए ।

    प्रतियोगिताको विजेता टीमले नगद ३० र उपविजेताले १५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । त्यस्तै, म्यान अफ द सिरिजलाई ५ हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानलाई दुई हजार ५ सय, प्रत्येक खेलको म्यान अफ द म्याचलाई ५ सय रुपैयाँ प्रदान गरिने छ । प्रतियोगिताको अन्तिममा अनुशासित खेल प्रदर्शन गर्ने एक टीमलाई पनि पुरस्कृत गरिने छ । निजी र संस्थागत गरी १३ विद्यालय सहभागी प्रतियोगिता मंसिर २४ गतेसम्म संचालन हुनेछ । प्रतियोगिताको मुख्य प्रायोजकमा पर्वत ज्वेलर्स भैरहवा छ ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij