images

शुक्रवार, चैत्र १६ गते २०८०

सिद्धार्थनगरमा स्वयंसेविकालाई झोला र छाता वितरण

सिद्धार्थनगरमा स्वयंसेविकालाई झोला र छाता वितरण

images
images
images
सोमवार, मंसिर १९ २०७९
सोमवार, मंसिर १९ २०७९
  • सिद्धार्थनगरमा स्वयंसेविकालाई झोला र छाता वितरण

    भैरहवा, १९ मंसिर । 
    रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा १९ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस मनाइएको छ । ‘महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको प्रतिवद्धता, स्वास्थ्य प्रवर्धनमा हाम्रो एक्येबद्धता’ को मूल नारासहित स्वास्थ्य स्वयंसेविका दिवस मनाइएको हो । 

    images
    images
    images

    सिद्धार्थनगर नगरपालिकाको कार्यालयले १९ औं महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा आयोजित कार्यक्रममा नगरमा रहेका स्वयंसेविकाहरुलाई झोला र छाता वितरण गरेको छ । नगरको १३ वटा वडामा रहेका एक सय जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई नगरप्रमुख इश्तियाक अहमद खान, उपप्रमुख उमा अधिकारी र प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले एक कार्यक्रमकाबीच झोला र छाता वितरण गरेका हुन् ।

    झोलामा स्वास्थ्य साम्रगी राख्न र मौसम अनुकुल छाताको प्रयोगका लागि स्वयंसेविकाहरुलाई झोला र छाता वितरण गरिएको सिद्धार्थनगर नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख गीता न्यौपाने पोखरेलले बताइन् ।

    कार्यक्रममा बोल्दै नगरप्रमुख इश्तियाक अहमद खानले महिला स्वास्थ्य स्वयंसेविकाहरु माग जायज रहेको र मागहरु सम्बोधन गरिने बताए । उनले आफ्नै घर र परिवारका सदस्यको रुपमा सेवा गर्दै आएको भन्दै स्वयंसेविकाहरुलाई धन्यवाद व्यक्त गरे । उनले स्वयंसेविकाहरुले पाउने रकम केही नभएको भन्दै अगामी बजेटमार्फत समस्याहरु समाधन गरिने र अझ सेवाको भावनाले काम गर्न आग्रह गरे ।

    नगर उपप्रमुख उमा अधिकारीले स्वयंसेविकाहरु चलायमन भए नगरका बालबालिकाहरु चलायमन हुने भन्दै नगरपालिकाको कार्यालयले स्वयंसेविकाहरुलाई साथमा लिएर अघि बढ्ने बताइन् । उनले महिला सुत्केरी कार्यक्रम प्रभावकारी ढंगले सञ्चालन गर्ने गरी अध्ययन भइरहेकोले छिट्टै नै उक्त कार्यक्रम पनि सञ्चालन हुने बताइन् । राज्यले स्वयंसेविकाहरुलाई प्रदान गर्नुपर्ने सुविधा कमी नै रहेको भन्दै अगामी दिनमा समस्याहरु सम्बोधन गर्दै लगिने उनले बताइन् ।

    प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले महिला स्वास्थ्य स्वयंसेविकाहरुको सेवालाई नगरपालिकाले उच्च मूल्याकंन गरेको भन्दै देखिएका समस्याहरु समाधान गर्दै अघि बढ्ने बताए । 

    कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका दिल कुमारी कुवँरले महिला स्वास्थ्य स्वयंसेविकाले आफ्नो दायित्व पुरा गर्दै आइरहे पनि सेवा सुविधामा कमी भएको गुनासो पोखिन् । वडाहरुको टोल–स्तरसम्ममा स्वयंसेविकाहरु खटिएर स्वास्थ्य क्षेत्रमा सेवा गर्दै आएका आइरहेका छन् ।

    सिद्धार्थनगर नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख गीता न्यौपाने पोखरेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा वडा नम्बर ५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठ, ७ का वडाअध्यक्ष दामोदर शर्मा घिमिरे, शिक्षा शाखा प्रमुख चेतनशील लम्साल, शिक्षा शाखा अधिकृत जानह्वी पाण्डे, सामाजिक विकास शाखा प्रमुख यादव प्रसाद सापकोटा, महिला स्वास्थ्य स्वयंसेविका लगायतको उपस्थिति रहेको थियो ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij