images

बुधवार, बैशाख १२ गते २०८१

मंगलबारदेखि भैरहवामा १९ औं सामूहिक खेलकुद महोत्सव

मंगलबारदेखि भैरहवामा १९ औं सामूहिक खेलकुद महोत्सव

images
images
images
सोमवार, मंसिर १९ २०७९
सोमवार, मंसिर १९ २०७९
  • मंगलबारदेखि भैरहवामा १९ औं सामूहिक खेलकुद महोत्सव

    भैरहवा, १९ मंसिर ।
    सामूहिक विद्यालय परिवार, रुपन्देहीको आयोजनामा मंगलबार (भोलि) देखि भैरहवामा १९ औं सामूहिक खेलकुद महोत्सव–२०७९ हुने भएको छ । ‘जोश र उत्साहका साथ खेलकुद’ भन्ने नाराका साथ महोत्सव मंसिर २० गतेदेखि २३ गतेसम्म (४ दिन) हुने परिवारले सोमबार भैरहवामा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

    images

    परिवारका अध्यक्ष उदय कुमार मल्लिकले बालबालिकालाई शारीरिक र मानसिक रुपमा स्वस्थ राख्न तथा उनीहरुलाई स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा आफ्नो प्रतिभा प्रस्फुटन गराउन सहज होस् भन्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको बताए । उनले महोत्सवमा करिब १ हजार २ सय खेलाडीको सहभागीता हुने जानकारी दिए । भैरहवास्थित पक्लिहवा कृषि क्याम्पसमा हुने महोत्सवमा १३ देखि १५ लाख खर्च हुने मल्लिकले बताए ।

    प्रतियोगितामा छात्र र छात्रालाई सब-जुनियर (कक्षा १ देखि ३), जुनियर (कक्षा ४ देखि ६) र सिनियर (कक्षा ७ देखि १०) छुट्टाछुट्टै रुपमा सहभागी गराइने महोत्सवका संयोजक तथा संस्थाका पूर्वअध्यक्ष मनोज कुमार यादवले बताए । महोत्सवमा भलिबल, सट पुट, लंग जम्प, दौड, रिले दौड, बोरा दौड, स्किपिङ दौड हुने उनले जानकारी दिए । 

    परिवारमा १८ वटा विद्यालय आबद्ध रहेको पूर्वअध्यक्ष महेश भुर्तेलले बताए । उनले परिवारले चित्रकला, निबन्ध, कविता, वादविवाद, हाजिरीजवाफ लगायत विभिन्न अतिरिक्त क्रियाकलापहरु गर्दै आएको जानकारी दिए । 
    खेल सुरु हुनुपूर्व मंगलबार बिहान साढे ११ बजे भैरहवाको लुम्बिनी गेटबाट प्रतियोगिता स्थलसम्म विभिन्न झाँकीसहित र्यालीको आयोजना गरिने संस्थाका सह–सचिव प्रमोद यादवले बताए ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij