
शनिवार , पौष ४, २०७७
भैरहवा, ४ मंसिर । मारवाडी युवा संघ भैरहवाको १६ औं अधिवेशन तथा २८ औं साधारणसभा शनिबार भैरहवामा सम्पन्न भएको छ । अधिवेशनले पुनः हेमन्त कुमार अग्रवालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।
संघको उपाध्यक्षमा मनीष रुँगटा, महासचिवमा अरुण कुमार अग्रवाल, कोषाध्यक्षमा श्रवण कुमार वेरिवाल र सचिवमा शिवरतन डागा निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा रिषी पंसारी अग्रवाल, अरुण कुमार गोयनका, राजीव कुमार वेरिवाल, सुनिल वैद, रवि पारिख, प्रकाशचन्द्र अग्रवाल र मोहनलाल डागा निर्वाचित भएको निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता कमलराज जोशीले बताए ।
साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै मारवाडी सेवा संघ भैरहवाका वरिष्ठ सल्लाहकार श्रीचन्द गोयनकाले समाज रुपान्तरणमा संघको भुमिका उदाहरणीय रहेको चर्चा गरे । संघका अध्यक्ष हेमन्त कुमार अग्रवालले आफुले पाएको जिम्मेवारी बहन गर्दै जाने बताए ।
संघका पूर्वअध्यक्ष समाजसेवी नारायण प्रसाद अग्रवालले इच्छाशक्ति र दृढ संकल्पका साथ अगाडी बढ्नुपर्नेमा जोड दिए । पूर्वअध्यक्ष नन्दलाल गोयनकाले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे ।
नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य राजेश कुमार अग्रवालले यस क्षेत्रमा औद्योगिक संरचना निर्माणको लागि प्रयासरत रहेको बताए ।
नेपाल राष्ट्रिय मारवाडी परिषद्का सल्लाहकार मुरारीलाल अग्रवाल, सचिव मनोज मित्तल, मारवाडी महिला मंचकी अध्यक्ष सरोजदेवी अग्रवाल, मारवाडी युवा मंचका अध्यक्ष मनोज अग्रवाल लगायतले बोल्दै संघले कोभिड–१९ संक्रमणको बेला उल्लेखनीय योगदान पुर्याएको चर्चा गरे ।
संघका सदस्य अरुण कुमार गोयनकाको स्वागत तथा मारवाडी युवा मंच भैरहवाका महासचिव मोहित सेठियाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा महासचिव अरुण कुमार अग्रवालले महासचिवको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
यसैबीच कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न् ५४ औं वार्षिक साधारणसभाबाट पुनः कार्यकारिणी सदस्यमा निर्वाचित राजेश कुमार अग्रवाललाई सम्मान गरिएको थियो ।
त्यस्तै मारवाडी सेवा संघ भैरहवाको कार्यालयमा कार्यरत कर्मचारीहरुलाई पनि सम्मान गरिएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij