मंगलवार, माघ १७ गते २०७९
Logo

मंगलवार, माघ १७ गते २०७९

images

व्यक्तित्व विकास तालिम सम्पन्न

व्यक्तित्व विकास तालिम सम्पन्न

images
images

खबर पात्रो

२०, मंसिर २०७९
  • 727
    SHARES
  • व्यक्तित्व विकास तालिम सम्पन्न

    भैरहवा, २० मंसिर ।
    लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथको आयोजनामा सोमबार भैरहवामा एकदिने व्यक्तित्व विकास तालिम सम्पन्न भएको छ । भैरहवास्थित रुपन्देही क्याम्पसमा अध्ययनरत ६० जना विद्यार्थीहरुको सहभागीता रहेको क्लबकी निवर्तमान अध्यक्ष तनु शर्मा कसौधनले बताइन् । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने उनले बताइन् ।

    क्लबकी अध्यक्ष साबा खानको अध्यक्षता तथा रुपन्देही क्याम्पसका क्याम्पस प्रमुख लक्ष्मण ज्ञवालीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको सहजीकरण स्नेहलता राउत थापाले गरेकी थिइन् । 

    images
    images
    प्रकाशित मिति :मंसिर २०, २०७९ मंगलवार - १९:४३:५८ बजे

    खबर पात्रो


    Copyright © All right reserved to khabarpatro

    Site By: SobizTrend