२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

अटिजमप्रति अधिकांश अभिभावक नै अनविज्ञ

शनिवार , पौष ४, २०७७

बुटवल, ४ पुस । 
बालबालिकाहरुमा देखिने अटिजमबारे अभिभावकहरु नै अनविज्ञ रहेको एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन । रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीको ४ सय ५५ औ नियमित बैठक तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै स्त्री तथा प्रसुति रोग विशेषज्ञ तथा अटिजन केयर सोसाईटी लुम्बिनीका अध्यक्ष डा. सतिस रुपाखेतीले आफुहरु संस्थागत रुपमै अटिजमबारे सचेतना जगाउन लागेको बताए । काठमाण्डौमा अटिजम केयर नेपालबाहेक बुटवलमा समेत सोसाईटीमार्फत अभिभावक सचेतना तालिमका कार्यक्रमहरु गरेको उनले बताए । कुनै पनि बालबालिकाहरुमा अटिजम देखिएमा अभिभावक धेरै कुरामा ध्यान दिनुपर्ने उनको सुझाव छ । 

गर्भावस्थामा औषधीको प्रयोग बढी हँुदा बच्चामा अटिजम हुन सक्ने विज्ञहरु बताउछन । विश्व स्वास्थ्य संगठनको तथ्यांकमा ५९ जनामध्ये एक जनामा अटिजम देखिने बताइन्छ । नेपालमा ३ लाख अटिजमबाट पिडित रहेको तथ्यांक छ । नेपालको कुल ३ करोड जनसंख्यामध्ये १ प्रतिशत यसको शिकार भएको मानिन्छन । न्युनतम २ महिना तालिम लिएर बालबालिकाको रेखदेखबारे जानकारी लिनुपर्ने उनले बताए । सहिद स्मारक बोर्डिङ स्कुल परिसरमा अटिजन केयर सोसाईटी लुम्बिनी स्थापना गरी एक सय जना अभिभावक आवद्घता गराएर आफुहरु लागेको उनले बताए । निकट भविष्यमा शान्ति नमुना स्कुलसंग सहकार्य गरी लुम्बिनी प्रदेश सरकारको सहयोगमा ५ कठ्ठा क्षेत्रफलमा अटिजम स्कुल निर्माणको काम पनि अघि बढाएको उनले बताए । यसबारे ज्ञान नहुदा कतिपय गाउँघरमा बालबालिका बांधेर राख्ने काम समेत भैरहेको उनले दुःखेसो गरे । 

क्लबका अध्यक्ष गोपाल ज्ञवालीले कोभिड–१९ का कारण क्लबका गतिविधि तीव्र गर्न नसकिएको भन्दै सचेतना र अन्तरक्रियालाई निरन्तरता दिदा धेरै फाइदा मिलेको बताए । लायन्स क्लब अफ सैनामैना मलमलाका अध्यक्ष अच्युत पौडेलले सामाजिक संघ–संस्थाहरु बीच सहकार्य जरुरी रहेको बताए । अन्य क्लब भन्दा फरक र अनुशासित ढंगबाट कार्यक्रम संचालन गर्ने तथा नया सिकाईको वातावरण भएको उनले बताए । 

कार्यक्रममा क्लबका सचिव दिपक भट्टराई, कोषाध्यक्ष निरज श्रेष्ठ, सदस्य देवीराम पाण्डे, सरोज पन्त लगायतले अन्तरक्रिया कार्यक्रममा नयाँ र अनौठो विषयहरुमा छलफल गरी समाजमा रहेका रुढीबादी समस्या चिर्न मद्यत मिल्ने बताए । 

कार्यक्रममा मैयादेवी पुरस्कारबाट पुरस्कृत कान्तिपुर मिडिया ग्रुपका लुम्बिनी प्रदेश प्रमुख दिपेन्द्र बडुवाल र संगितकर्मी संघ रुपन्देहीका अध्यक्ष पदमा निवाचित भएकी क्लबका सदस्य दुर्गा नेपाललाई सम्मान गरिएको थियो ।