images

आइतवार, बैशाख २३ गते २०८१

अन्तरविद्यालय क्रिकेट : लुम्बिनी र शान्ति नमूना फाइनलमा

अन्तरविद्यालय क्रिकेट : लुम्बिनी र शान्ति नमूना फाइनलमा

images
images
images
शुक्रवार, मंसिर २३ २०७९
शुक्रवार, मंसिर २३ २०७९
  • अन्तरविद्यालय क्रिकेट : लुम्बिनी र शान्ति नमूना फाइनलमा

    भैरहवा, २३ मंसिर ।
    रुपन्देही क्रिकेट संघको आयोजनामा जारी स्वर्गीय शेरबहादुर सेन्चुरी मेमोरियल अन्तरविद्यालय स्तरीय टी–२० क्रिकेट प्रतियोगितमा लुम्बिनी शिक्षा निकेतन, मायादेवी र शान्ति नमूना मावि र मणिग्राम फाइनल प्रवेश गरेका छन् । शुक्रबार भएको सेमिफाइनल खेलमा लुम्बिनीले काशी नोबल एकेडेमी, भैरहवालाई २२ रन र शान्ति नमूनाले साई ग्लोबल स्कूल, भैरहवालाई ७० रनले पराजित गर्दै फाइनल यात्रा तय गरेका हुन् । लुम्बिनी र शान्ति नमूनाबीच शनिबार उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।

    images
    images
    images

    भैरहवास्थित सिद्धार्थ रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले १६ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै ६७ रनको झिनो योगफल बनाएको थियो । उसका लागि सन्दीप लोधले १५ र विन्दराम यादवले १२ रन बनाए । बलिङमा काशीका आदित्य शर्माले ५ तथा शौगात लिम्बुले २ विकेट लिए ।

    जवाफी ब्याटिङ गरेको काशी १४.३ ओभरमा सबै विकेट गुमाउँदै ४५ रनमै समेटियो र हार ब्यहोर्यो । उसका लागि प्रथम कँडेलले १२ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । उसलाई सस्तैमा रोक्न बलिङमा लुम्बिनीका अब्दुल हबिबले ४ तथा अब्दुल नदिम शेषले २ विकेट लिए । लुम्बिनीका अब्दुल हविव म्यान अफ द म्याच भइ पाँच सय रुपैयाँबाट पुरस्कृत भए ।

    शुक्रबार नै भएको दोस्रो सेमिफाइनलमा टस जितेर ब्याटिङ गरेको शान्ति नमूनाले निर्धारित खेलमा ४ विकेटको नोक्सानीमा १ सय ३४ रनको योगफल बनायो । उसका लागि स्वस्तिक पराजुलीले ४५, नविन भण्डारीले २३ र सन्देश भण्डारीले १४ रन जोडे । बलिङमा साइग्लोबलका ओशामा शेष र श्यामु पासवानले समान २–२ विकेट लिए ।

    प्रतिउत्तरमा साई ग्लोबल १०.१ ओभरमा सबै विकेट गुमाउँदै ६४ रनमै सीमित रह्यो । उसका लागि अजिम खानले ३१ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक बटुल्न सकेनन् । उसलाई सस्तैमा रोक्न बलिङमा शान्ति नमूनाका आशुतोष पाण्डेले ३ तथा रोशन बश्याल र रुविन पराजुलीले समान २–२ विकेट लिए । शान्ति नमूनाका स्वस्तिक पराजुली म्यान अफ द म्याच भई पँच सय रुपैयाँ प्राप्त गरे ।

    प्रतियोगिताको विजेता टीमले नगद ३० र उपविजेताले १५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई ५ हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानलाई २ हजार ५ सय, प्रत्येक खेलको म्यान अफ द म्याचलाई ५ सय रुपैयाँ प्रदान गरिने छ । प्रतियोगिताको अन्तिममा अनुशासित खेल प्रदर्शन गर्ने एक टीमलाई पनि पुरस्कृत गरिने छ । शनिबार समापन हुने प्रतियोगिताको मुख्य प्रायोजकमा पर्वत ज्वेलर्स, भैरहवा छ ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij