
शनिवार , मंसिर २४, २०७९
बुटवल, २४ मंसिर ।
रोटरी क्लब अफ बुटवलको नियमित बैठकले हालसम्म भएका कार्यप्रगतिको समीक्षा गरेको छ । क्लबको १४४१ औं बैठकले विजनेश एजेण्डा अन्तर्गत छलफल गर्दै क्लबका कार्यप्रगतिका बारेमा समीक्षा गरेको हो ।
क्लबका प्रेसिडेन्ट नोमिनी प्रज्वल थान्जुको अध्यक्षतामा बसेको बैठकमा सहभागीहरुले रोटरी क्लब अफ बुटवललाई शतप्रतिशत पिएचएफ बनाउनुपर्नेमा जोड दिंदै मुख्य दाता बन्न र पिएचएफ बनिदिनका लागि सबैसँग आग्रह गरे ।
क्लबमा नयाँ सदस्य बनाउने बेलादेखि नै पिएचएफको बारेमा पनि जानकारी गराउनुपर्ने र क्लबको बोर्डले निश्चित लक्ष्य राखेर अगाडि बढ्ने हो भने शतप्रतिशत पिएचएफ पुर्याउन सकिने बताएका थिए । त्यसै गरी क्लबका सबै कमिटीहरुले आ–आफ्नो कमिटीमा छलफल गर्न पिएचएफ बढाउनेतर्फ पहल गर्नुपर्नेमा पनि जोड दिइएको थियो ।
बैठकमा क्लबको चार्टड नाईट कार्यक्रमको बारेमा पनि समीक्षा गर्दै केही कमीकमजोरीका बाबजुद चार्टड नाईट सफल भएकोमा सहभागी सबैले नेतृत्वलाई धन्यवाद दिएका थिए । बैठकमा क्लबका सचिव लालहरि पाण्डेले अघिल्लो बैठकका निर्णयहरुबारे जानकारी गराएका थिए ।
त्यस अवसरमा क्लबका पूर्वअध्यक्षहरु हरि प्रसाद पौडेल, कृष्ण प्रसाद अर्याल, पुरन प्रसाद श्रेष्ठ, डिल्ली कुमार श्रेष्ठ, आमोद सिमाङ्गैडा, अन्य रोटरीयनहरु महेन्द्र प्रसाद श्रेष्ठ, यदुनाथ पाण्डे, लेखनाथ पोखरेल, लक्ष्मण श्रेष्ठ लगायतले आ–आफ्नो धारणा राखेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij