images

आइतवार, बैशाख २३ गते २०८१

क्रिकेटको विकासमा ध्यान दिनेछु : सन्तोष पाण्डेय

क्रिकेटको विकासमा ध्यान दिनेछु : सन्तोष पाण्डेय

images
images
images
शनिवार, मंसिर २४ २०७९
शनिवार, मंसिर २४ २०७९
  • क्रिकेटको विकासमा ध्यान दिनेछु : सन्तोष पाण्डेय

    भैरहवा, २४ मंसिर ।
    रुपन्देही क्षेत्र नम्बर ३ (१)बाट निर्वाचित प्रदेश सभा सदस्य सन्तोष कुमार पाण्डेयले क्रिकेटको विकासमा ध्यान दिने बताएका छन् । उनले क्रिकेट खेलको माध्यमबाट खेलाडीहरुले नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाएकाले यसको विकास अपरिहार्य रहेको बताए ।

    images
    images
    images

    स्वर्गीय शेरबहादुर सेन्चुरी मेमोरियल अन्तरविद्यालय स्तरीय टी–२० क्रिकेट प्रतियोगिताको शनिबार भैरहवास्थित सिद्धार्थ रंगशालामा आयोजित समापन समारोहमा बोल्दै प्रदेश सभा सदस्य पाण्डेयले रुपन्देहीले धेरै क्रिकेट खेलाडी उत्पादन गर्न सफल भएको बताए । उनले रुपन्देही क्रिकेट संघ धन्यवादको पात्र भएको बताए । पाण्डेयले भने, ‘भगवान गौतमबुद्ध, सगरमाथाले जस्तै क्रिकेटको माध्यमबाट नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन खेलाडी सफल भएका छन् । ’ पर्यटन र खेलकुद एक-अर्काका परिपूरक भएको उनको भनाइ छ ।

    लुम्बिनी प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका पाण्डेयले अब बन्ने सरकारमा आफू पुनः मन्त्री बन्ने र खेलकुद क्षेत्रको विकासका लागि आफ्नोतर्फबाट भूमिका निर्वाह गर्ने बताए । उनले भने, ‘जनताको आर्शीवादले म पुनः मन्त्री बन्नेछु र सिद्धार्थ रंगशालामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता सञ्चालन हुने गरी भूमिका निर्वाह गर्नेछु । ’

    उनले खेलकुदमा विजेतासँगै उपविजेतालाई पनि प्रमाणपत्र दिने गरिए पनि निर्वाचनमा भने त्यस्तो व्यवस्था नरहेको बताए । उनले भने, ‘दोस्रोपटक निर्वाचन जितेको छु, मैले केही गर्छु भन्ने हिसाबले नै आम जनताले पुनः जिताउनुभएको छ, यसका लागि सम्पूर्ण मतदातालाई धन्यवाद दिन चाहन्छु ।’

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij