२०८३, बैशाख १७ गते

Apr 30 2026 | २०८३, बैशाख १७ गते

माइती नेपाल भैरहवाद्वारा २३४ जनाको उद्वार

शनिवार , मंसिर २४, २०७९

  • 3.5K
    Shares
  • 3.5K
    Shares
  • भैरहवा, २४ मंसिर ।
    माइती नेपाल भैरहवाले रुपन्देही जिल्लामा २०२२ मा सीमा नाकाबाट २३४ जनालाई उद्धार गरेको छ । यो अवधिमा मानव बेचविखन तथा ओसारपसार रोकथाममा भारतका विभिन्न स्थानबाट ८ जना, मानव बेचविखन मुद्वा दर्ता एउटा, सीमाबाट परामर्श संख्या १८ हजार २० जना, जिल्ला प्रशासनबाट परामर्श ८३० जना, पर्चा पम्पलेट वितरण ३ हजार ४ सय ९५ थान, खोजतलास सम्बन्धी निवेदन ३० जना र घरेलु हिंसा सम्बन्धी निवेदन २३ जनाको रहेको माइती नेपाल भैरहवाकी कार्यक्रम संयोजक माया क्षेत्रीले बताइन् ।

    यो एक वर्षको अवधिमा माइती नेपाल भैरहवाले मानव बेचविखनविरुद्ध जनचेतना फैलाउने र सामाजिक जागरणको अभियान सञ्चालन गरेको क्षेत्रीले बताइन् ।

    परिवारसँगको विभेद, आर्थिक अभावका कारण तथा देह व्यापारकै लागि पनि मानव बेचविखन तथा ओसार पसार हुने गरेको बैठकमा औल्याइएको थियो । जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा शुक्रबार बसेको मानव बेचविखन तथा ओसारपसार नियन्त्रण जिल्ला समिति रुपन्देहीको बैठकले एक वर्ष गरेका क्रियाकलापको बारेमा जानकारी गराएको थियो ।

    रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकमा माइती नेपाल भैरहवाकी कार्यक्रम संयोजक माया क्षेत्रीले वार्षिक गतिविधि प्रस्तुत गरेकी थिइन् ।

    बैठकमा सहायक प्रमुख जिल्ला अधिकारीहरु धुव्र  कुंवर, रामचन्द्र अर्याल, प्रशासकीय अधिकृत विक्रम थापा, प्रहरी प्रमुख रविन्द्र रेग्मी, गैरसरकारी संस्था महासंघका जिल्ला उपाध्यक्ष समिता मल्ल, नेपाल पत्रकार महासंघ रुपन्देहीका कार्यसमिति सदस्य शंकर पाण्डे लगायतले आ–आफ्ना भनाइहरु राखेका थिए ।