images
images

मंगलवार, जेठ १ गते २०८१

कोरोनाको खोप एसियामा आउन एक बर्ष लाग्न सक्छ : बिश्व स्वास्थ्य संगठन

कोरोनाको खोप एसियामा आउन एक बर्ष लाग्न सक्छ : बिश्व स्वास्थ्य संगठन

images
images
images
आइतवार, पौष ५ २०७७
आइतवार, पौष ५ २०७७
  • कोरोनाको खोप एसियामा आउन एक बर्ष लाग्न सक्छ : बिश्व स्वास्थ्य संगठन

    काठमाडौं, ५ पुष । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले एसिया प्रशान्त क्षेत्रमा कोरोना विरुद्धको खोप आउन अझै एक बर्षसम्म लाग्न सक्ने आंकलन गरेको छ । डब्लुएचओले यस क्षेत्रमा तत्काल खोप पाउने सम्भावना कम रहेको र कम्तिमा छ महिनादेखि एक बर्षसम्म लाग्न सक्ने बताएको हो । ढिला आउनुको कारण मध्ये एउटा मुख्य कारण खोपको विकास र प्रभावकारीताको अवस्था अझै पनि परीक्षणकै क्रममा रहनु हो । 

    images
    images
    images

    त्यसैगरी त्यसको उत्पादन, गुणस्तर व्यवस्थापन र सवैलाई ठाउँ ठाउँमा पु¥याउने कुरा अर्को चुनौतीको विषय रहेको संगठनले जनाएको छ । डब्लुएचओका क्षेत्रीय निर्देशक डा. ताकेशी कासाइले इन्डोनेसियाको राजधानी जाकार्तामा पत्रकारहरुसँगको कुराकानीका क्रममा यस क्षेत्रमा खोप आउन ढिला हुने बताएका हुन । 

    निर्देशक कासाइले भने—कतिपय देशहरुले खोप ल्याउनका लागि सम्झौता गरेका छन् तर अधिकांश देशले अझै पनि सुरु गर्न सकेका छैनन, उनीहरुले सन् २०२१ को मध्य तथा अन्त्यतिर मात्रै ल्याउन सक्ने देखिन्छ । निर्देशक कासाइले अति उच्च जोखिममा रहेकाहरूलाई प्राथमिकता दिइने भएकाले उनीहरूले मात्रै पहिला पाउने बताए । यद्यपी स्वास्थ्य सम्वन्धी निकायहरुले सवैलाई खोप लगाउँदैमा कोरोनाको महामारी नरोकिने बताउने गरेका छन् । 

    सरकारहरूले लामो समयका लागि अहिलेकै जस्तै सतर्कता अपनाइरहनु पर्ने देखिन्छ । खोप उत्पादक कम्पनी र देशले आफ्नो मुलुकमा सबैलाई लगाईसकेपछि मात्र अन्य देश र संस्थाहरुलाई दिने बताउदै आएका छन । 

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij