images

आइतवार, बैशाख २३ गते २०८१

सामूहिक खेल महोत्सव–२०७९ मा प्रथम एभरग्रीन प्यासिफिकद्वारा ‘विजयी जुलुस’

सामूहिक खेल महोत्सव–२०७९ मा प्रथम एभरग्रीन प्यासिफिकद्वारा ‘विजयी जुलुस’

images
images
images
आइतवार, मंसिर २५ २०७९
आइतवार, मंसिर २५ २०७९
  • सामूहिक खेल महोत्सव–२०७९ मा प्रथम एभरग्रीन प्यासिफिकद्वारा ‘विजयी जुलुस’

    भैरहवा, २५ मंसिर ।
    सामूहिक विद्यालय परिवार, रुपन्देहीको आयोजनामा भैरहवामा भएको १९ औं सामूहिक खेलकुद महोत्सव–२०७९ मा प्रथम हुन सफल एभरग्रीन प्यासिफिक इङ्लिस बोर्डिङ स्कूल मायादेवी गाउँपालिका–७, हाटीबनगाईले आइतबार विजयी जुलुस निकालेको छ । 

    images
    images
    images

    विद्यालयले हाटीबनगाई चोकबाट निकालेको जुलुस विभिन्न क्षेत्रको परिक्रमा गरी विद्यालयमा पुगेर समापन भएको थियो । जुलुसमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, कर्मचारी, विद्यार्थीहरुको सहभागीता रहेको प्रबन्ध निर्देशक अनिल कुमार कुर्मीले बताए ।

    IMG_8419.JPG

    भैरहवामा गत मंसिर २० देखि २४ गतेसम्म भएको सामूहिक खेलकुद महोत्सवमा प्रथम भएको खुसीयालीमा विजयी जुलुस निकालिएको विद्यालयका प्रधानाध्यापक प्रमोद यादवले बताए । उनले विद्यालयबाट सहभागी भएका विद्यार्थीहरुमध्ये छात्रतर्फ ४ सय मिटर दौड र लंगजम्पमा सुरज केवट प्रथम, लंगजम्पमा आदित्य राजभर द्वितीय, छात्रातर्फ १ सय मिटर, ४ सय मिटर दौडमा रुकमनि मल्लाह प्रथम र स्कीपीङ र लंगजम्पमा निशा यादव क्रमशः प्रथम र तृतीय भएका छन् ।

    IMG_8432.JPG

    त्यस्तै रिले रेसमा छात्रतर्फ रामसिंह यादव, श्यामसिंह यादव, अमन केवट र सुरज केवट प्रथम भएका छन् । त्यसै गरी छात्रातर्फ रुकमनि मल्लाह, निशा यादव, सुधा यादव र प्रिया यादव दोस्रो हुन सफल भएको विद्यालयले जनाएको छ । विद्यालयले पढाईसँगै खेलकुद प्रतियोगितामा पनि विद्यार्थीहरुलाई सहभागी गराउँदै आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत गिरीले बताए ।

    IMG_8414.JPG
    IMG_8426.JPG

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij