२०८२, भाद्र १० गते

Aug 26 2025 | २०८२, भाद्र १० गते

सिद्धार्थनगर–१ वडा कार्यालयले कृषक परिचयपत्र वितरण गर्ने

सोमवार , मंसिर २६, २०७९

  • 3.1K
    Shares
  • 3.1K
    Shares
  • भैरहवा, २६ मंसिर ।
    रुपन्देहीको सिद्धार्थनगर नगरपालिका १ नम्बर वडा कार्यालय बेलहियाले कृषक परिचयपत्र वितरण गर्ने भएको छ । राज्यबाट सेवासुविधा सहज र व्यवस्थित तरिकाले किसानलाई प्राप्त गर्न सहज होस् भन्ने उद्देश्यलाई कृषक परिचयपत्र वितरण गर्न लागिएको सिद्धार्थनगर–१ का वडाअध्यक्ष उज्जवल पोखरेलले बताए । उनले भने, ‘वडाभित्रका कृषकहरुको लागि मल, बिउ तथा अन्य अनुदान उपलब्ध गराउनका लागि कृषक परिचयपत्र (कृषक कार्ड) बनाउनका लागि सूचनामार्फत आग्रह गरिएको छ । ’ वडाअध्यक्ष पोखरेलले कृषक परिचयपत्र वितरण गर्दा वास्तविक किसानको पहिचान हुने र कृषिसम्बन्धि कार्यक्रम सञ्चालन गर्न पनि सहज हुने विश्वास व्यक्त गरे ।

    परिचयपत्र बनाउनका लागि नागरिकताको फोटोकपी १ थान, जग्गाधनी प्रमाणपुर्जाको फोटोकपी १ थान, एकीकृत सम्पत्ति तथा भूमिकर रसिद फोटोकपी १ थान र फोटो २ थान आवश्यक रहेको बताए ।