२०८३, बैशाख १० गते

Apr 23 2026 | २०८३, बैशाख १० गते

लायन्स देउराली पिसद्वारा विद्यार्थीलाई स्वीटर वितरण

मंगलवार , मंसिर २७, २०७९

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • बुटवल, २७ मंसिर । 
    लायन्स क्लब अफ बुटवल देउराली पिसले गरीब तथा जेहेन्दार विद्यार्थीलाई न्यानो स्वीटर वितरण गरेको छ । क्लबले बुटवल–७ दीपनगरस्थित सिद्धेश्वर लालकुमारी माविका ५१ जना विद्यार्थीलाई स्वीटर वितरण गरेको हो । 

    विद्यालयमा आयोजित एक कार्यक्रममा लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ पीका फस्ट भाइस गभर्नर अर्जुनमान सैंजू, एरिया ४ का चिफ माधव खनाल, एक्टेन्सन चेयर पर्सन ज्ञानप्रसाद पौडेल लगायतले विद्यार्थीलाई स्वीटर प्रदान गरे । 

    सो अवसरमा बोल्दै फस्ट भाइस गभर्नर सैंजूले लायन्स क्लबहरुले सामाजिक सेवाका कामसंगै नेतृत्व र व्यक्तित्व विकासमा पनि उत्तिकै ध्यान दिनुपर्ने सुझाव दिए । लायन्स क्लब अफ बुटवल देउरालीका पुर्व अध्यक्ष एवं एक्टेन्सन चेयर पर्सन ज्ञानप्रसाद पौडेलले आफ्नो कार्यकालमा नयां १२ वटा क्लबहरु स्थापना गरेको उल्लेख गर्दै सामाजिक काममा लायन्स क्लबहरु अझै क्रियाशील हुनुपर्ने बतताए । 

    विद्यालयका प्रधानाध्यापक दिननाथ गिरीले क्लबका आग्रह अनुसार विद्यालयका शिशुदेखि कक्षा १० सम्मका गरीब तथा जेहेन्दार ५१ जना विद्यार्थी छनोट गरी स्वीटर वितरण गरिएको  बताए । क्लबका अध्यक्ष सागरप्रसाद न्यौपाने, द्वितीय उपाध्यक्ष सन्जय राना, सचिव तुलसीप्रसाद न्यौपाने र कोषाध्यक्ष रामप्रसाद न्यौपानेले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको प्रोत्साहनका लागि क्लबले आगामी दिनमा अन्य कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता जनाए ।