images

शनिवार, बैशाख ८ गते २०८१

सरकारले माग पूरा नगरेकाले आन्दोलन चर्काउने किसान महासंघको घोषणा

सरकारले माग पूरा नगरेकाले आन्दोलन चर्काउने किसान महासंघको घोषणा

images
images
images
बुधवार, मंसिर २८ २०७९
बुधवार, मंसिर २८ २०७९
  • सरकारले माग पूरा नगरेकाले आन्दोलन चर्काउने किसान महासंघको घोषणा

    रुपन्देही, २८ मंसिर  ।
    सरकारले धानको समर्थन मूल्य तोके पनि किसानको धान किन्नमा आलटाल गर्नुका साथै मल सहज सहज आपूर्तिको माग गर्दै आन्दोलनरत अखिल नेपाल किसान महासंघ र नेपाल किसान महासंघले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्दै आन्दोलन थप चर्काउने भएका छन् । 
    नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघ र नेपाली कांग्रेस निकट नेपाल किसान महासंघ लुम्बिनी प्रदेश समितिको संयोजकत्वमा रुपन्देहीमा आन्दोलनका कार्यक्रम थप चर्काउने निर्णय भएको हो ।

    images
    images
    images

    बुधवार बुटवलमा भएको संयुक्त भेलाबाट गत मंसिर २० गते जिल्ला प्रशासन कार्यालयमा बुझाइएको ज्ञापनपत्रको विषयमा भए गरेका प्रगतिको विषयमा बिहीबार जिल्ला प्रशासन कार्यालयमा धर्नासहितको कार्यक्रम तय गरिएको अखिल नेपाल किसान महासंघ लुम्बिनी प्रदेश संयोजक तथा पूर्व कृषिमन्त्री आरती पौडेलले जानकारी दिइन् । बैठकले गरेको निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्वमन्त्री पौडेलले किसानको समस्या समाधानको लागि सरकार उदासीन भएको कारण आन्दोलनका थप कार्यक्रम चर्काउने निर्णय गरिएको जानकारी दिइन् ।

    उनकाअनुसार पहिलो चरणमा मंसिर २९ गते जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीलाई भेटेर पहिला प्रदान गरिएको ज्ञापनपत्रको विषयमा थप ध्यानार्कषण गराउने र जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने कार्यक्रम तय गरिएको छ । करिव ३ देखि ४ सय किसानहरुको सहभागीतमा जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने पूर्व मन्त्री पौडेलको भनाइ छ ।

    त्यस्तै नेपाल किसान महासंघ लुम्बिनी प्रदेशका संयोजक बेग बहादुर कुँवरका अनुसार गत मंसिर २५ गते धानको समर्थन मूल्यअनुसार धान खरिद गर्नको लागि दबाब स्वरुप खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड लुम्बिनी प्रादेशिक कार्यालय, भैरहवामा तालाबन्दी गरिएकोमा किसानको मागलाई कुल्चिदै कम्पनीले ताला तोडेर किसानको माग अपमान गरेको भन्दै यसको विरोध स्वरुप थप आन्दोलनका कार्यक्रम चर्काउने बताए ।  उनले सरकारले नै तोकेको मूल्यमा किसानको धान खरिद गर्न मागसहित खाद्य व्यवस्था तथा आपुर्ति कम्पनी प्रदेश कार्यालय भैरहवामा गरिएको तालाबन्दीलाई कम्पनी प्रशासनले सोही दिन नै तोडेर कार्य सञ्चालन गरेकोप्रति आपत्तिसहित घोर निन्दा र भ्रत्सना गर्ने बताए ।  उनले किसानको मागप्रति सरकार नै उदासिन भएको कारण अब किसान आन्दोलनको तयारी समेत गरिएको बताए ।

    अखिल नेपाल किसान महासंघ लुम्बिनी प्रदेश महासचिव महेन्द्र गिरीकाअनुसार संयुक्त बैठक पश्चात विभिन्न १३ बुँदे माग समेत प्रस्तुत गरिएको छ । जसअनुसार मलको आपूर्ति सहज बनाउनको लागि सहकारी भन्दा पनि किसान समूहमार्फत वितरणको व्यवस्थापन मिलाउन माग गरिएको छ भने उत्पादनमा आधारित अनुदानको व्यवस्थापन गर्न सरकारसँग माग गरिएको छ । 

    त्यस्तै बाली बीमा अनिवार्य तथा सहुलियत गर्न मागसहित उत्पादित वस्तुको बजारीकरणको ग्यारेण्टी सरकारबाट हुनुपर्ने माग समेत गरिएको छ । त्यस्तै किसान कार्ड किसान परिचय पत्रको व्यवस्थापन, अनिवार्य माटो परिक्षण ल्याब व्यवस्थाको माग, सहज रुपमा सहुलियत दरमा बीऊ उपलब्ध गराइनुपर्ने माग समेत किसान संगठनहरुले गरेका छन् ।

    त्यस्तै स्थानीय स्तरमा यन्त्रीकरण मार्फत उत्पादन वृद्धिमा माग गरिएको छ भने गते २५ गते खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड लुम्बिनी प्रादेशिक कार्यालय, भैरहवामा लगाइएको ताला तोडेर काम सञ्चालन भएकोप्रति निन्दा गरिएको छ । मल वितरण समेत सहजताका लागि सरकारसँग माग गरिएको महासंघले जनाएका छन् । 

    अखिल नेपाल किसान महासंघ रुपन्देही  जिल्ला अध्यक्ष कृष्ण प्रसाद पन्थीले किसानको आवाज दबाउने काम भएको भन्दै अब किसानहरुले निष्कर्षको आन्दोलनको तयारी गरेको बताए । यसको लागि सरकार तयारी रहन चेतावनी दिदै उनले पालिकागत रुपमा किसान जागरणसहितका आन्दोलनका कार्यक्रम अब सुरुवात हुने बताएका थिए । स्थानीय तहले विनियोजन गर्ने बजेटको कम्तीमा पनि २० प्रतिशत बजेट कृषि क्षेत्रमा विनियोजन गर्न मागसहित दबाबको कार्यक्रम समेत गरिने अध्यक्ष पन्थीले बताए ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij