२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

लायन्स बेलबास सिर्जनशीलद्वारा मधुमेह परीक्षण

आइतवार , पौष ५, २०७७

बुटवल, ५ पुस । 
लायन्स क्लब अफ बेलबास सिर्जनशीलले मधुमेह (डायबिटिज) परीक्षण सम्पन्न गरेको छ । क्लबले बुटवल–१३ बेलबासमा आइतबार स्थानीय बासिन्दाको डायबिटिज परीक्षण गरेको हो । 

उक्त कार्यक्रममा एक सय ७० जनाले डायबिटिज परीक्षण गराएका छन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लबका रिजन चेयरपर्सन शोभाखर पोखरेलले पछिल्लो समय डायबिटिज रोगका विरामी बढ्दै गएकाले यसबाट बच्न नियमित परीक्षण र खानपानमा ध्यान दिनुपर्ने बताए । 

कार्यक्रममा लायन्स एक्सटेन्सन चेयरपर्सन उमलाल बन्जाडे, रामप्रसाद भुसाल, दीपक पन्थी, वडा सदस्य वेदप्रकाश गैरे, क्लबकी निवर्तमान अध्यक्ष मन्जु भट्टराई, कोषाध्यक्ष कल्पना भण्डारी भट्टराई, डीआर घिमिरे लगायतको उपस्थिति रहेको थियो । 
क्लबकी अध्यक्ष विमला गेरेको अध्यक्षता, सचिव सरस्वती खनालको सञ्चालन र लक्ष्मी घिमिरेको स्वागतमा भएको कार्यक्रमको संयोजक माया पन्त रहेकी थिइन् ।