images
images

शनिवार, जेठ ५ गते २०८१

शुक्रबारदेखि कालिकामा जिल्लास्तरीय रनिङशिल्ड 

शुक्रबारदेखि कालिकामा जिल्लास्तरीय रनिङशिल्ड 

images
images
images
बिहिवार, मंसिर २९ २०७९
बिहिवार, मंसिर २९ २०७९
  • शुक्रबारदेखि कालिकामा जिल्लास्तरीय रनिङशिल्ड 

    बुटवल, २९ मंसिर ।
    जिल्लास्तरीय कालिका रनिङ शिल्ड प्रतियोगिताको तयारी पूरा भएको छ । कालिका मानवज्ञान माध्यामिक विद्यालयको ६२ औं वार्षिकोत्सब तथा अभिभावक दिवसको अवसरमा पुस १ देखि ७ गतेसम्म हुने दोस्रो संस्करणको रनिङ शिल्ड प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको विद्यालयका प्रधानाध्यापक दिनेश थापाले बताए । 

    images
    images
    images

    एथलेटिक्सतर्फ एक सय, दुई सय, चार सय, आठ सय, एक हजार पाँच सय मिटर दौड, लङजम्प, त्रिपलजम्प, सटपुट, ४ बाई १ सय  रिले, ४ बाई ४ सय रिले प्रतियोगिता हुनेछ । 

    त्यसै गरी छात्रछात्रा भलिबल प्रतियोगिता हुनेछ जसमा छात्रतर्फ ३८ र छात्रातर्फ २२ टिम भाग लिनेछन । त्यसै गरी कबड्डीतर्फ छात्रमा २८ र छात्रातर्फ २० टीमले भाग लिएको खेल संयोजक हरिश ओलीले बताए । उद्घाटन सत्रमा विद्यार्थीहरुबाट मार्च पास तथा पिटि प्रदर्शन कार्यक्रम गरिने उनले बताए । प्रतियोगितामा २४ स्वर्ण, २४ रजत र २४ कास्य पदक गरी ७२ पदकमा खेलाडीहरुले प्रतिष्पर्धा हुनेछ । प्रतियोगिताको प्रथम, द्वितीय र तृतीय टीमलाई नगद ५० हजार, ३० हजार र २० हजार रुपैयाँ, शिल्ड, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । प्रतियोगितामा निजी तथा सामुदायिक ५० वटा विद्यालयहरुले भाग लिनेछन् । 

    राखेपका सदस्य सचिव टंकलाल घिसिङबाट उद्घाटन हुने कार्यक्रममा भलिबल प्रतियोगिता हुनेछ । 

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij