images
images

शनिवार, जेठ ५ गते २०८१

दोस्रो कालिका जिल्लास्तरीय रनिङ शिल्ड २०७९ सुरु 

दोस्रो कालिका जिल्लास्तरीय रनिङ शिल्ड २०७९ सुरु 

images
images
images
शुक्रवार, पौष १ २०७९
शुक्रवार, पौष १ २०७९
  • दोस्रो कालिका जिल्लास्तरीय रनिङ शिल्ड २०७९ सुरु 

    बुटवल, १ पुस ।
    दोस्रो कालिका जिल्लास्तरीय रनिङ शिल्ड प्रतियोगिता शुक्रबारबाट सुरु भएको छ । कालिका मानवज्ञान माध्यमिक विद्यालयले आफ्नो ६२ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसर पारेर आयोजना गरेको रनिङशिल्ड प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले उद्घाटन गर्दै देशमै शैक्षिक गतिविधिमा अग्रसर रहेको कालिका खेलकुदमा पनि अब्बल रहेको बताए । नवौ राष्ट्रिय प्रतियोगितामा पदक जितेर यो प्रमाण दिएको उनको दावी छ । 

    images
    images
    images

    कार्यक्रमको उद्घाटन सत्रमा विद्यालयका क्रितीमानी खेलाडी सलिम देवानले टर्च लाईट प्रदर्शन, खेलाडीहरुको मार्चपास, विद्यार्थीहरुको पिटी प्रदर्शन गरेका थिए । आफु पदभार ग्रहण गरेको एक वर्षको अवधिमा नवौ राष्ट्रिय खेलकुदसहित धेरै खेलकुद प्रतियोगिता सम्पन्न गर्न सफल भएको दावी गर्दैै उनले उमेर समूहका खेलाडीहरुलाई अवरि दिने रुपमा कार्यक्रम ल्याउन लागेको बताए । खेलकुद विकासमा धेरै लगानी गर्ने विद्यालयहरु पहिचान गरी सम्मानका कार्यक्रमबाट प्रोत्साहन मिल्ने उनले बताए । एउटा मान्छेको एउटा कर्मका लागि जन्म हुने भन्दै सामूदायिक विद्यालयको गुणस्तर वृद्धिमा महत्वपूर्ण योगदान हुने गरी घनश्याम पाठक जस्ता व्यक्तिको जन्म हुने उनले बताए । 

    यसैबीच विद्यालयले वार्षिकोत्सवको अवसरमा पोखरामा सम्पन्न नवौ राष्ट्रिय प्रतियोगिता २०७९ र १२ औ राष्ट्रपति रनिङशिल्डमा विभिन्न विधामा पदक जित्ने खेलाडीहरुलाई दोसल्ला र सम्मानपत्रबाट सम्मान गरेको छ । राखेपका सदस्य सचिव टंकलाल घिसिङ, प्रदेश खेलकुद विकास परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराई, मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्य, रुपन्देही जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्र क्षेत्री (हरि), विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष होम बहादुर गलामी, सदस्य नित्यानन्द ज्ञवाली, एसियाली खेलकुदका कोषाध्यक्ष निरंजन राजवंशी, वडा नम्बर १० का वडाअध्यक्ष बलु पुनले एथलेटिक्समा लङजम्प विद्यामा राष्ट्रिय किर्तिमानसहित पदक विजेता सलिम देवान, कबड्डी प्रतियोगितामा पदक विजेता सतिस चौधरी, धर्मराज धवल, कृष्ण तरामु, आईटिएफ तेक्वान्दोमा पदक जितेका सबिना श्रेष्ठ तथा १२ औं राष्ट्रपति रनिङशिल्डमा कबड्डीमा स्वर्ण पदक जितेका राहुल अर्याललाई सम्मान गरेका थिए । 

    कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दिनेश थापाले स्वस्थ्य र खेललाई प्राथमिकता दिदै शिक्षासंग जोड दिने उदेश्यसहित खेलकुद गतिविधिलाई अगाडि बढाएको बताए । कार्यक्रममा प्रदेश खेलकुद विकास परिषद् लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले सरकारबाट गर्नुपर्ने खेलकुद विकासका धेरै गतिविधि सामुदायिक र निजी विद्यालयबाट भइरहेको बताए । 
    कार्यक्रममा बुटवल कालिका कलेजका प्राचार्य घनश्याम पाठकले खेलाडी देशको गहना ब्यवहारमा उतार्न जरुरी रहेको बताए । समाज परिवर्तनमा प्रत्येक घडीमा चुनौती आउने भन्दै यो पार गर्न सक्नु सफलता भएको उनले बताए । 

    कार्यक्रममा राखेपका सदस्य अन्जन धमला, मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्य, रुपन्देही जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्र क्षेत्री (हरि), विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष होम बहादुर गलामी, सदस्य नित्यानन्द ज्ञवाली, एसियाली खेलकुदका कोषाध्यक्ष निरंजन राजवंशी, वडा नम्बर १० का वडाअध्यक्ष बलु पुनले खेलकुदको विकासमा टेवा दिन विद्यालयमा हुने खेलकुद गतिविधिमा जोड दिनुपर्ने बताए । 

     

     

     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij