
आइतवार , पौष ५, २०७७
भैरहवा, ५ मंसिर ।
रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले अर्घाखाँचीको मालारानी गाउँपालिका–३ साबडाँडास्थित श्री सुन्दरा आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शनिबार छात्रवृत्ति वितरण गरेको छ । क्लबले कक्षा १ देखि ८ सम्मका ७० जना विद्यार्थीहरुलाई विद्यालय पोशाक ७० थान, झोला ७० थान, कापी ३० दर्जन, पेन्सिल, कलम र ३ जना विद्यार्थीहरुलाई २÷२ हजार रुपैयाँ प्रदान गरेको कार्यक्रम संयोजक प्रदिप सापकोटाले बताए ।
‘सबैका लागि शिक्षा’ भन्ने नाराका साथ उक्त विद्यालयका विद्यार्थीहरुलाई पोशाक, झोेला, शैक्षिक सामाग्री र छात्रवृत्ति वितरण गरिएको क्लबका अध्यक्ष बाबुराम खनाल (अतित)ले बताए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्यले क्लबले शिक्षा क्षेत्रमा हात अगाडी बढाउनु सराहनीय कार्य भएको बताए । त्यस्तै क्लबका संस्थापक अध्यक्ष दिनेश पौडेल, निवर्तमान अध्यक्ष उपेन्द्र यादव, विद्यालयका प्राचार्य सूर्य प्रसाद खनाल लगायतले बोल्दै क्लबले आगामी दिनमा पनि यस्ता रचनात्मक कार्यहरुलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । क्लबका सचिव सुमित कसौधनको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij