२०८२, श्रावण ३१ गते

Aug 16 2025 | २०८२, श्रावण ३१ गते

जेसिआई सिद्धार्थ नेपालको अध्यक्षमा भण्डारी

शनिवार , पौष २, २०७९

  • 5.4K
    Shares
  • 5.4K
    Shares
  • भैरहवा । जेसिआई सिद्धार्थ नेपालको बर्ष २०२३ को अध्यक्षमा मनोज भण्डारी निर्वाचित भएका छन् । आज भैरहवामा आयोजित ४७ औं बार्षिक साधारण सभा तथा शाखा अधिबेशनबाट अध्यक्षमा भण्डारी निर्विरोध निर्वाचित भएका हुन् । 

    सिद्धार्थ जेसिजको कार्यकारिणी उपाध्यक्षमा कृतेश कुमार श्रेष्ठ, अर्जुन कुंवर, उपाध्यक्षमा प्रमोद रिजाल, आकाश पौडेल, भीम थापा निर्वाचित भएको प्रखुख निर्वाचन आयुक्त ओमकुमार श्रेष्ठले जानकारी दिए । 

    त्यस्तै निर्देशकहरुमा सुमेर खांण, सिद्धान्त खनाल, विनोद वरई र दिनेश केवट निर्वाचित भएको निर्वाचन समिति संयोजक देवराज न्यौपानेले जानकारी दिए ।

    jci 1.jpg

    बाँकी रहेका पदहरुमा निर्वाचित अध्यक्ष पदस्थापनमा मनोनित गर्ने जेसिज परम्परा अनुसार पदस्थापनका दिन गरिने न्यौपानेले जानकारी दिए । 
    सिद्धार्थ जेसिज बर्ष २०२२ का अध्यक्ष कमल जिसिले १ बर्षको अबधिमा २५ बढी कार्यक्रम सम्पन्न गरेका छन् । 

    साधारण सभामा बोल्ने जेसिज नेताहरु ओमकुमार श्रेष्ठ, दिलिप भट्टराई, सुर्दशन नेपाल लगाएतले बोल्दै जेसिजको गरिमा र ओज अनुरुप काम गर्न जेसिज नेतृत्वलाई आग्रह गरेका छन् । जेसिजलाई बिगतको जस्तो गरिमामय सस्थाको रुपमा अगाडि बढाउन तथा समाजमा स्थापित सस्थाको रुपमा पुनः

    अगाडि बढाउन आग्रह गरेका छन् । 
    आकाश पौडेलको संयोजन, दिपक सापकोटाको संचालन तथा कमल जीसिको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।