images
images

शनिवार, जेठ ५ गते २०८१

उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्दै, मेसीलाई अन्तिम अवसर

उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्दै, मेसीलाई अन्तिम अवसर

images
images
images
आइतवार, पौष ३ २०७९
आइतवार, पौष ३ २०७९
  • उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्दै, मेसीलाई अन्तिम अवसर

    काठमाडौं, ३ पुस । लियोनल मेसीले पहिलो पटक जित्छन् रु या केलियन एम्बाप्पेले लगातार दोस्रोपटक फिफा विश्वकप उपाधि जित्छन् रु यो प्रश्नको समाप्त आइतबार मध्यरातसँगै समाप्त हुनेछ । 

    images
    images
    images

    कतार दोहास्थित लुसेल मैदानमा फिफा विश्वकप २०२२ को फाइनल हुँदैछ । नेपाली समयअनुसार आइतबार राति पौने ९ बजे खेल सुरु हुनेछ । अर्जेन्टिना र फ्रान्स दुबै टोली तेस्रोपटक च्याम्पियन हुने दाउमा छन् । 

    ३५ वर्षीय मेसी सातपटक बालोन डि ओर उपाधि जितेका छन् । व्यावसायिक फुटबलमा सबै उपलब्धि हासिल गरेका मेसीले विश्व च्याम्पियन हुन सकेका छैनन् । 

    सन् २०१४ मा अर्जेन्टिना तेस्रोपटक उपाधि जित्ने योजनामा थियो । तर, फाइनल खेलमा जर्मनीसँग १–० ले पराजित हुन पुग्यो । सन् १९७८ र सन् १९८६ मा अर्जेन्टिनाले उपाधि जितेको थियो । त्यसयता अर्जेन्टिना ३६ वर्षयता पहिलोपटक उपाधि जित्ने अभियानमा छ । 

    फ्रान्स तेस्रोपटक उपाधि जित्ने योजनामा छ । टोलीका प्रशिक्षक डिडियर डेस्चाम्प्सले सन् १९९८ मा टोलीलाई च्याम्पियन बनाएका थिए । सन् २०१८ मा फ्रान्स डेस्चाम्प्सकै प्रशिक्षणमा दोस्रो पटक विजेता भयो । २३ वर्षीय एम्बाप्पेको उच्च प्रदर्शनसँगै फ्रान्स तेस्रोपटक उपाधि हात पार्ने दाउमा छ । 
     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij