images
images

शनिवार, जेठ ५ गते २०८१

दोस्रो कालिका जिल्लास्तरीय रनिङ शिल्ड जारी

दोस्रो कालिका जिल्लास्तरीय रनिङ शिल्ड जारी

images
images
images
आइतवार, पौष ३ २०७९
आइतवार, पौष ३ २०७९
  • दोस्रो कालिका जिल्लास्तरीय रनिङ शिल्ड जारी

    बुटवल, ३ पुस ।
    कालिका मानवज्ञान माध्यामिक विद्यालयको ६२ औं वार्षिकोत्सब तथा अभिभावक दिवसको अवसरमा आयोजना गरिएको दोस्रो कालिका रनिङ शिल्ड प्रतियोगिता २०७९ अन्तरगत आइतबार एथ्लेटिक्स, भलिबल र कबड्डीका खेलहरु सम्पन्न भएका छन् । प्रतियोगिताको तेस्रो दिन कालिकाका सलिम देवानले एक सय मिटर दौडमा एक स्वर्ण थपेका छन् । छात्र १ सय मिटर दौडमा देवानले ११.०८ सेकेण्डमा दुरी पार गर्दै स्वर्ण हात पारेका हुन । खेलमा कुवरवर्ती ईगलिस बोर्डिङ स्कुलका दिलराज कुवर ११.४७ सेकेण्डमा दुरी पार गर्दै दोस्रो तथा नबिन औद्योगिक माविका शुशिल चौधरी ११.८४ सेकेण्डमा दुरी पार गर्दै तेस्रो स्थान हासिल गरेका छन् । 

    images
    images
    images

    त्यसै गरी छात्रातर्फको एक सय मिटर दौडमा रामापुर माविकी पवित्रा विकले १४.१७ सेकेण्डमा दुरी पार गर्दै स्वर्ण हात पारेकी छन् । कुवरवर्ती इङलिस बोर्डिङ स्कुलकी रोजी थापाले १४.३८ सेकेण्डमा दुरी पार गर्दै दोस्रो तथा नबिन औद्योगिक माविकी ऐश्वर्या बमरेलले १४.६५ सेकेण्डमा दुरी पार गर्दै तेस्रो स्थान हासिल गरेकी छन् ।

    छात्र सटपुटतर्फ कालिका माविका धर्मराज धवलले १०.४२ मिटर दुरी छेलो फाल्दै स्वर्ण हात पारे । न्यू होराईजनका सचिन चौधरीले १०.२६ मिटर फाल्दै दोस्रो तथा मणिमुकुन्दका सुमित सुनार १०.०२ मिटर छेलो फाल्दै तेस्रो भएका छन ।

    छात्रा सटपुटमा एभरेष्ट इङलिस बोर्डिङ स्कूलकी अनुषा चौधरीले स्वर्ण हात पारेकी छन् । उनले ८.५७ मिटर दुरी छेलो फयाल्दै स्वर्ण हात पारिन् । त्यसै गरी टिकुलीगढ माविकी सिमा केवट ७.१० मिटर छेलो फयाल्दै दोस्रो तथा न्यु होराईजनकी विष्णु सोमरे मगरले ६.९८ मिटर दुरी छेलो फाल्दै तेस्रो भएकी छन् ।

    छात्र भलिबलतर्फ अन्तिम १६ को टुंगो लागेको छ । सोमबार अन्तिम आठका लागि देवदह र एमएमसी, कोलिया र दीप, ज्ञानोदय र उजिरसिंह, इडेन र न्यू भिजन, होराईजन ई.बो.स्कूल र होराईजन जिबिएस, सिता मावि र कालिका मानव ज्ञानकाबीच खेलहरु हुनेछन् ।

    त्यसै गरी छात्रा भलिबलतर्फ सोमबार एभरेष्ट र होराईजनबीच फाइनल खेल हुनेछ भने नवज्योती र दीप बोर्डिङ स्कूलबीच तेस्रो स्थानका लागि खेल हुनेछ ।

    त्यसै गरी छात्रा कबड्डीको सेमीफाईनल खेलहरु सोमबार हुनेछन् । पहिलो सेमीफाईनलमा कालिका मावि र होराईजन जिबिएस तथा होराईजन ई.बो. स्कूल र जनज्योती माविबीच खेल हुनेछ ।

     

     

     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij