२०८३, बैशाख १० गते

Apr 23 2026 | २०८३, बैशाख १० गते

लायन्स भैरहवा ग्रीन सिटीद्वारा भैरहवा मेलामा १५०० जनाको निःशुल्क मधुमेह परीक्षण

सोमवार , पौष ४, २०७९

  • 2.7K
    Shares
  • 2.7K
    Shares
  • भैरहवा, ४ पुस ।
    लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीले भैरहवामा सञ्चालित आठौं लुम्बिनी राष्ट्रिय महोत्सव–२०७९ आयोजना गरेको निःशुल्क मधुमेह (सुगर) परीक्षण कार्यक्रममा १ हजार ५ सय जनाले परीक्षण गराएका छन् । नेशनल प्याथ ल्याबको प्राविधिक सहयोगमा मंसिर २३ देखि पुस ४ गतेसम्म आयोजना गरिएको कार्यक्रममार्फत १ हजार ५ सय जनाको मधुमेह परीक्षण गरिएको लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीका अध्यक्ष श्री रायमाझीले बताए । 

    क्लबले महोत्सवस्थलमा स्टल राखेर मेलामा आएका दर्शकका लागि निःशुल्क मधुमेह परीक्षणको व्यवस्था गरेको रायमाझीले जानकारी दिए । उनले भने, ‘लायन्सको विधा अनुसार मधुमेह परीक्षण कार्यक्रम राखेका हौं, आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन्छौं ।’

    ‘पर्यटन, कृषि र उद्योगको विकास, राष्ट्रिय समृद्धिको आधार’ भन्ने नाराका साथ गत मंसिर २३ गतेदेखि सिद्धार्थ उद्योग वाणिज्य संघको आयोजनामा भैरहवास्थित अञ्चलपुरमा आठौं लुम्बिनी राष्ट्रिय महोत्सव–२०७९ (पर्यटन महोत्सव, कृषि तथा राष्ट्रिय औद्योगिक व्यापार मेला) सुरु भएको थियो ।