
सोमवार , पौष ६, २०७७
बुटवल, ६ पुस ।
कालिका मानव ज्ञान माविको ६० औं वार्षिकोत्सव अन्तर्गत विभिन्न प्रतियोगिताहरु जारी छन् । जसअनुसार आइतबार छात्र तथा छात्रा भलिबल प्रतियोगिताको फाइनल सम्पन्न भएको छ ।
भलिबल खेलको फाइनल प्रतियोगिताको उद्घाटन विद्यालयका प्राचार्य विष्णुहरि ज्ञवालीले गरेका थिए । सो अवसरमा बोल्दै प्राचार्य ज्ञवालीले शैक्षिक गुणस्तरमा जस्तै कालिकाका विद्यार्थीलाई खेलकुदमा पनि अब्बल बनाउन विद्यालयले खेल गतिविधिलाई महत्व दिएको बताए ।
भलिबल प्रतियोगिता अन्तर्गत छात्रातर्फ कक्षा १२ प्रथम,कक्षा ११ दोस्रो र कक्षा ९ र १० को टिम तेस्रो भएका विद्यालयका खेल प्रशिक्षक हरिश ओलीले जानकारी दिए । छात्र भलिबलमा कक्षा ११ प्रथम र कक्षा १२ दोस्रो भएका छन् ।
आइतबार नै छात्रतर्फ ३ हजार मिटर र छात्रातर्फ १५ सय मिटर दौड प्रतियोगिता सम्पन्न भएका छन् । दौड प्रतियोगिताको उद्घाटन बुटवल–११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले गरेका थिए । जसमा छात्रतर्फ कक्षा १२ डीका रोशन गुरुङ प्रथम, कक्षा ११ एचका इशान खाण ठकुरी दोस्रो र कक्षा ११ एका आकाश खत्री र कक्षा ११ एका विजय अर्याल सान्त्वना भएका छन् ।
छात्रातर्फ कक्षा ९ जीकी रक्षा थापा श्रीस प्रथम, कक्षा ७ बीकी कृति पराजुली दोस्रो, कक्षा ८ की त्रिजल डांगी तेस्रो भएका छन् । यस्तै स्वर्गीय अरुण पौडेल स्मृति अक्षयकोषबाट सञ्चालित ५ हजार मिटर दौड प्रतियोगिताको उद्घाटन नगर खेलकुद विकास समितिका अध्यक्ष नन्दु काउचाले गरेका छन् । ४२ जना विद्यार्थीले भाग लिएको प्रतियोगितामा कक्षा १२ डीका रोशन गुरुङ प्रथम, ११ एफका सचिन थापा दोस्रो,१२ जीका अमित राना तेस्रो र १० एचका प्रशान्त भुजेल सान्त्वना भएका खेल प्रशिक्षक हरिष ओलीले बताए ।
यसअघि शनिबार महिला भलिबल खेलको उद्घाटन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होम गलामीले शैक्षिक नतिजामा देशकै सर्वोत्कृष्ट विद्यालय बनेको कालिका मानवज्ञान माविले खेलकुद सहित विभिन्न अतिरिक्त क्रियाकलापलाई पनि उत्तिकै प्राथमिकता दिएर देशका लागि योग्य,अनुशासित विद्यार्थी उत्पादनमा जोड दिएको बताए । यस्तै सर्टपुट खेलको उद्घाटन विद्यालयका निवर्तमान प्राचार्य एवं कालिका क्याम्पसका प्रमुख घनश्याम पाठकले गरेका थिए । यस्तै विद्यालयका प्राचार्य विष्णुहरि ज्ञवालीले उद्घाटन गरेका लङजम्प र त्रिपलजम्प खेल पनि सम्पन्न भएका छन् ।
सोमबार बिहान ८ बजे छात्रातर्फ ४ सय मिटर र छात्रतर्फ ८ सय मिटर दौड प्रतियोगिता र शेरबहादुर गुरुङ अन्तर मावि जिल्लास्तरीय कविता प्रतियोगिता हुने विद्यालयले जनाएको छ ।
यसैबीच वार्षिकोत्सव अन्तर्गत सोमबार विद्यालयको रामनगरस्थित सेक्टर–२ भवनमा कक्षा नर्सरीदेखि १० सम्मको शैक्षिक पुरस्कार वितरण, खेलकुद, सांस्कृतिक तथा साहित्यीक पुरस्कार वितरण कार्यक्रम रहेको प्राचार्य ज्ञवालीले बताए । वार्षिकोत्सवको मूल समारोह भने पुस ७ गते सेक्टर १ भवन कालिकानगरमा हुनेछ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij