images
images

शनिवार, जेठ ५ गते २०८१

दोस्रो कालिका रनिङशिल्ड प्रतियोगिता २०७९ : कालिका ६ स्वर्णसहित अगाडि

दोस्रो कालिका रनिङशिल्ड प्रतियोगिता २०७९ : कालिका ६ स्वर्णसहित अगाडि

images
images
images
मंगलवार, पौष ५ २०७९
मंगलवार, पौष ५ २०७९
  • दोस्रो कालिका रनिङशिल्ड प्रतियोगिता २०७९ : कालिका ६ स्वर्णसहित अगाडि

    बुटवल, ५ पुस । 
    दोस्रो कालिका रनिङशिल्ड प्रतियोगिता–२०७९ मा आयोजक कालिका मावन ज्ञान ६ स्वर्ण जित्दै चौथौ दिनको खेल सकिदा अंक तालिकाको सबैभन्दा अगाडि रहन सफल भएको छ । कालिका मानवज्ञान माध्यामिक विद्यालयको ६२ औं वार्षिकोत्सब तथा अभिभावक दिवसको अवसरमा जारी खेलका ५ स्वर्ण जित्दै कुवरवर्ती मावि दोस्रो तथा २ स्वर्णका साथ रामापुर मावि तेस्रो स्थानमा रहेको छ। 

    images
    images
    images

    कालिका मानव ज्ञान माविका सलिम देवानले छात्र त्रिपलजम्पमा १२.९४ मिटर दुरी जम्प गर्दै स्वर्ण जिते । त्यसै गरी नबिन औद्योगिक माविका विशाल परियारले ११.४० दुरी जम्प गर्दै दोस्रो तथा न्यू होराईजनका विजय यादवले ११.३८ मिटर दुरी जम्प गर्दै तेस्रो स्थान हासिल गरेका छन । छात्रातर्फ कालिका मानवज्ञानकी कृति पराजुलीले ८.६८ मिटर दुरी जम्प गर्दै स्वर्ण जितेकी छन् । त्यसै गरी एभरेष्ट इबोस्कुलकी निशा चौधरीले ८.५२ मिटर जम्प गर्दै दोस्रो तथा नबिन औद्योगिक माबिकी लक्ष्मी बलालले ८.३० मिटर दुरी जम्प गर्दै तेस्रो स्थान हासिल गरेकी छन् । 

    छात्र २ सय मिटर दौडमा कुवरवर्ती माविका दिल बहादुर कुवरले २४.६४ सेकेण्डमा दुरी पार गर्दै स्वर्ण हात पारेका छन् । खेलमा जनजागृति माबिका मनिष थापामगर २५.२४ सेकेण्डमा दुरी पार गदै दोस्रो र न्यु होराईजनका अंकित श्रेष्ठ २६.९२ सेकेण्डमा दुरी पार गदै तेस्रो भए । छात्रा २ सय मिटरतर्फ भने रामापुर माविकी पवित्रा विकले ३०.४४ सेकेण्डमा दुरी पार गर्दै स्वर्ण जितेकी छन् । कालिका मानवज्ञानकी कृति पराजुलीले ३१.०५ सेकेण्डमा दुरी पार गर्दै दोस्रो तथा कुवरवर्ती माविकी रोजी थापाले ३१.३६ सेकेण्डमा दुरी पार गर्दै तेस्रो भएकी छन् ।

    त्यसै गरी छात्र ८ सय मिटर दौडमा कुवरवर्तीका स्वरुप दराईले २.११ मिनेटमा दुरी पार गर्दै स्वर्ण हात पारेका छन । नबिनका प्रशान्त थापाले २.१७ मिनेटमा दुरी पार गर्दै दोस्रो तथा कालिकाका लेख बहादुर झेडीले २.१८ मिनेटमा दुरी पार गर्दै तेस्रो भएका छन् । 

    छात्रातर्फ पनि कुवरवर्तीकी रजनी थारुले २.५० मिनेटमा दुरी पार गर्दै स्वर्ण हात पारेकी छन् । खेलमा कालिकाकी रजनी थापाले ३.०१ मिनेटमा दुरी पार गर्दै दोस्रो तथा टिकुलीगढ माविकी श्रृजना काईरीले ३.०३ मिनेटमा दुरी पार गर्दै तेस्रो स्थान हासिल गरेकी छन् ।

    एथ्लेटिक्सकै छात्र ४ बाई ४ सय मिटर दौडमा कुवरवर्ती माविका शेर बहादुर क्षेत्री, प्रेम चौधरी, डिल्लीराज कुवर र स्वरुप दराईको समुह ३.४९ मिनेटमा दुरी पार गर्दै स्वर्ण जित्न सफल भएका छन् । कालिका मानव ज्ञानका लेख बहादुर झेडी, सलिम देवान, रबी घर्तीमगर, विकास गैरेको समुह ३.५४ मिनेटमा दुरी पार गर्दै दोस्रो तथा नबिनका दशान बिक, प्रशान्त थापा, शुशिल चौधरी र दिपक बिकको समुह ३.५७ मिनेटमा दुरी पार गर्दै तेस्रो स्थान हासिल गरेका छन् । 

    छात्रा ४ बाई ४ सय मिटरमा कालिका मानव ज्ञान माविका रक्षा थापा, लक्ष्मी भुुषाल, अनिषा कुवर, कृति पराजुलीको टिम ५ मिनेटमा दुरी पार गर्दै स्वर्ण जितेका छन् । कुवरवर्तीका रोजी थापा, जिना थापा, रजनी थारु, सलिना चौधरीको टिम ५.०५ मिनेटमा दुरी पार गर्दै दोस्रो तथा नबिनका अलिसा पाण्डे, प्रकृति थापा, लक्ष्मी बलामी, लक्ष्मी थापाको टिम ५.१८ मिनेटमा दुरी पार गर्दै तेस्रो भएका छन । 

    छात्र भलिबलमातर्फ पहिलो सेमीफाईनलमा उजिरसिंहले न्यु होराईजन मावि र कुवरवर्तीले कालिका मानवज्ञान माबिलाई पराजित गर्दै फाईनल भिडन्त पक्का गरेका हुन् । त्यसै गरी छात्रा भलिबलको उपाधिका लागि भने न्यु होराईजन र एभरेष्ट इगलिस बोर्डिङ स्कूलका बीचमा खेल हुँदैछ । 

    छात्र कबठ्ठीको पहिलो सेमीफाईनल खेलमा कालिकाले क्यानन र दोस्रो सेमीफाईनलमा सुर्यपुराले कान्ति माबिलाई पराजित गर्दै फाईनल भिडन्त पक्का गरेका छन् । छात्रातर्फ न्यू होराईजनले जनजागृतिलाई र कालिकाले न्यु होराईजनलाई पराजित गर्दै फाईनल भिडन्त पक्का गरेका छन् । 

     

     

     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij