images
images

शनिवार, जेठ ५ गते २०८१

अन्तर्राष्ट्रिय कराँते तथा किकबक्सिङ च्याम्पीयनसीपमा नेपालले भाग लिने

अन्तर्राष्ट्रिय कराँते तथा किकबक्सिङ च्याम्पीयनसीपमा नेपालले भाग लिने

images
images
images
मंगलवार, पौष ५ २०७९
मंगलवार, पौष ५ २०७९
  • अन्तर्राष्ट्रिय कराँते तथा किकबक्सिङ च्याम्पीयनसीपमा नेपालले भाग लिने

    भैरहवा, ५ पुस । 
    आगामी पुस ११ र १२ गते भारतमा हुने एनकेएफआई इन्टरनेशनल कराँते एण्ड किक बक्सिङ प्रतियोगिता–२०२२ मा नेपालबाट अफिसियल र खेलाडी गरेर १५ जना सहभागी हुने भएका छन् । भारतको महाराष्ट्रस्थित नेता जी सुभाष चन्द्र बोस मिल्ट्री स्कुल फुलगाउँमा हुने प्रतियोगितामा संघको तर्फबाट नेपालका १५ जनाको सहभागीता रहने जापान गोजुरियो कराँते डो मिसन संघ, नेपालले मंगलबार भैरहवामा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

    images
    images
    images

    संघका संस्थापक अध्यक्ष तथा प्रमुख प्रशिक्षक के.बि. रानाले नेपाली खेलाडीको टीमलाई पुस ८ गते बेलहियाबाट विदाई गरिने जानकारी दिए । उनले खेलाडीको टीम पुस १५ गते नेपाल फर्कने कार्यक्रम तय भएको बताए । उनले भने, ‘जापान गोजरियो कराँते डो संघको राष्ट्रिय टीमले यसअघि सन् २०१४ पुनामा वल्र्ड च्याम्पीयनसीप, सन् २०१७ मा दिल्लीमा च्याम्पीयनसीप, सन् २००१ म पटनामा इन्टरनेशनल च्याम्पीयनसीप र सन् २०२० मा कोलकत्तामा इन्टरनेशनल च्याम्पीयनसीप अवार्ड जितेको गौरवमय इतिहास रहेको छ ।’ उनले हाल यस संघमातहत नेपालभर ३० डोजो र भारतमा १५ रहेको जानकारी दिए ।

    संघका केन्द्रीय उपाध्यक्ष सतिश चौधरीले नेपाली कराँते खेलाडीको नेतृत्वसहित उक्त च्याम्पीयनसीपमा जापान गोजुरियो कराते डो संघका राष्ट्रिय टीम कोच सनसाई के.बि. राना काजीले गर्ने जानकारी दिए । प्रतियोगितामा नेपालसहित, भारत, श्रीलंका, बंगलादेश र भुटान गरी ५ देशको सहभागिता रहनेछ ।

    लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश केसीले नेपालबाट अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा सहभागी हुने खेलाडीहरुलाई सफलताको शुभकामना व्यक्त गरे । उनले खेलकुदको माध्यबाट नेपाललाई चिनाउन खेलाडीको योगदान महत्वपूर्ण रहेको बताए ।
    त्यस्तै नेपाल कराँते महासंघ लुम्बिनी प्रदेश अध्यक्ष भरत बहादुर केसीले विगतका अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली कराँते खेलाडीले विभिन्न अवार्ड जितेको बताए ।

    जापान गोजरियो कराँते डो संघ, नेपालका केन्द्रीय सचिव गिरी प्रसाद पुनको स्वागत तथा उपाध्यक्ष सतिश चौधरीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । 

     

     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij