images

शुक्रवार, बैशाख १४ गते २०८१

छाडा चौपाया व्यवस्थापनमा सिद्धार्थनगर–४ का जनप्रतिनिधिको सक्रियता

छाडा चौपाया व्यवस्थापनमा सिद्धार्थनगर–४ का जनप्रतिनिधिको सक्रियता

images
images
images
बिहिवार, पौष ७ २०७९
बिहिवार, पौष ७ २०७९
  • छाडा चौपाया व्यवस्थापनमा सिद्धार्थनगर–४ का जनप्रतिनिधिको सक्रियता

    भैरहवा, ७ पुस ।
    रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ का जनप्रतिनिधिले छाडा चौपाया (गाई गोरु)को व्यवस्थापनमा सक्रियता देखाएका छन् । सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रमा रहेका छाडा चौपायाको व्यवस्थापन सुरु गरेपछि उक्त अभियानमा साथ दिदै सिद्धार्थनगर–४ का जनप्रतिनिधिले सक्रियता देखाएका हुन् । 

    images

    छाडा चौपायाले किसानले खेतमा लगाएको गहुँबालीमा नोक्सानी पुर्याएको गुनासो आएपछि आफूसहित चारजना वडा सदस्य र कर्मचारी छाडा चौपायालाई एकत्रित गरेर नगरपालिकालाई बुझाएको वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला)ले बताए । उनले भने, ‘छाडा चौपायाका कारण सवारी दुर्घटना हुने, गहुँबालीमा क्षति पुग्ने जस्ता समस्या भएपछि नगरपालिकाले सुरु गरेको व्यवस्थापन अभियानमा साथ दिन लागिपरेका छौं । ’उनले गाईले दुध दिन छोडेपछि सडकमा छाड्ने प्रवृत्तिले छाडा चौपायाको संख्या बढेको बताए । उनले रातदिन नभनी छाडा चौपाया व्यवस्थापनमा लाग्नुपर्नेमा जोड दिए । सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ क्षेत्र अन्तर्गत सडकमा भेटिएका गाई गोरुलाई एकत्रित गरी नगरपालिकाको गाडीमा पठाउन सुरु गरिएको वडाअध्यक्ष यादवको भनाइ छ । 

    सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ का वडा सदस्य हरि बहादुर के.सी.ले छाडा चौपायाका कारण किसान बढी मर्कामा परेको बताए । उनले छाडा चौपाया व्यवस्थापनमा सहयोगका लागि वडा समितिको आकस्मिक बैठक बसेर आवश्यक निर्णय गरिएको जानकारी दिए । उनले भने, ‘हामी सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ लाई छाडा चौपायाबिहीन वडा बनाउन चाहन्छौं, यसका लागि हामी लागिपरेका छौं, हामी पछाडी हट्दैनौं ।’

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij