२०८३, आषाढ २९ गते

Jul 13 2026 | २०८३, आषाढ २९ गते

टिकटक बनाउने क्रममा पुलबाट खस्दा घाइते युवकको मृत्यु

सोमवार , पौष ६, २०७७

  • 4.2K
    Shares
  • 4.2K
    Shares
  • दाङ। दाङको बबई गाउँपालिका वडा नं. ५ पुरन्धारा छहरा नजिकमा रहेको झुलुंगे पुलमा टिकटक बनाउने क्रममा पुलबाट खसेर गम्भीर घाइते युवकको उपचारको क्रममा मृत्यु भएको छ।

    मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ बिजौरी निवासी २४ वर्षीय रमेश थापा रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिवबहादुर सिंहले जानकारी दिए।

    शनिबार दिउँसो दुई बजेतिर पुलबाट खसेपछि गम्भिर घाइते थापाको आज विहान कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो ।