२०८३, बैशाख १७ गते

Apr 30 2026 | २०८३, बैशाख १७ गते

रिम्ना-चिसापानी सडक खण्ड भाेलिदेखि दिउँसाेमा एक घण्टा मात्रै खुल्ने

शनिवार , पौष ९, २०७९

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • सुर्खेत, ९ पुस ।  
    भेरी करिडोरअन्तर्गत जाजरकोटको रिम्नादेखि रुकुम पश्चिमको चिसापानी सडक खण्ड बन्द हुने भएको छ । सडक निर्माण एव‌ं सुधार भइरहेकाले  १० पुसदेखि ३० पुससम्म दिनमा एक घण्टा मात्र सडक सञ्चालन हुनेछ।  

    दैनिक बिहान ६ देखि मध्याह्न १२ बजेसम्म र दिउँसो १ देखि साँझ ६ बजेसम्म सडक अवरुद्ध रहने निर्माण कम्पनी यती बिल्डर्सका अध्यक्ष भीमराज केसीले जानकारी दिए। उनकाअनुसार दैनिक मध्याह्न १२ देखि १ बजेसम्म एक घण्टा भने सडक खुल्नेछ।  

    त्यस्तै, दैनिक बेलुका ६ देखि बिहान ६ बजेसम्म पनि सडक खुला रहने उनले बताए । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले पनि सूचना जारी गर्दै सडक अवरुद्ध हुने विषयमा जानकारी गराएको छ। यस अवधिमा एम्बुलेन्स, बिरामी बोकेका साधन र सुरक्षाकर्मीका सवारी साधन भने सञ्चालन हुने सूचनामा उल्लेख छ।  

    भेरी करिडोरअन्तर्गत जाजरकोटको रिम्नादेखि तल्लुबगरसम्मको ४० किलोमिटर सडक स्तरोन्नतिको काम चलिरहेको छ। कालोपत्र गर्ने गरी यती बिल्डर्सले काम गरिरहेको छ। अहिले डबल कटिङको काम भइरहेको छ। जसअन्तर्गत रिम्ना–चिसापानी खण्ड बन्द हुन लागेको हो।

    यस सडकको मुख्य ठेकेदार कम्पनी श्रेष्ठ कन्स्ट्रक्सन हेटौँडा रहे पनि त्यसबाट यती बिल्डर्सले जिम्मा लिएको हो। यो जाजरकोट–डोल्पा जोड्ने सडकको एक खण्ड हो।