
मंगलवार , पौष १२, २०७९
बुटवल, १२ पुस ।
स्कलर्स होम बोर्डिङ स्कुलको ३१ औं स्थापना दिवसको अवसरमा विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन तथा पुरस्कार वितरण कार्यक्रम गरिएको छ । विद्यालय परिसरमा नृत्य, खेलकुद, विज्ञान प्रदर्शनी तथा खाना महोत्सव आयोजना तथा प्रतियोगितामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरी स्थापना दिवस मनाइएको हो । कार्यक्रमको बुटवल उपमहानगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष प्रदिप कुमार श्रेष्ठले उद्घाटन गर्दै रुपन्देही शैक्षिक हबका रुपमा परिचित हुन सफल भएको बताए ।
कार्यक्रममा प्राचार्य बाबुराम बन्जाडेले देशको शैक्षिकस्तर वृद्धि गर्नमा निजी विद्यालयको महत्वपूर्ण योगदान रहेको बताए । सरकारको ठुलो लगानी रहेको सामूदायिक विद्यालयको तुलनामा निजी लगानीका विद्यालयबाट देशकै ८० प्रतिशत नतिजामा उत्कृष्ट ल्याउन सफल भएको उनले दावी गरे ।
कार्यक्रममा अभिभावक संघका अध्यक्ष लोकनाथ ज्ञवाली, एनप्याप्सनका केन्द्रिय सदस्य देवप्रकाश राई, एनप्याप्सनका जिल्ला अध्यक्ष पुरुषोत्तम बस्यालले शुभकामना दिएका थिए ।
विद्यालयका प्रशासकीय प्रमुख लोकराज भण्डारी (राजु) ले वार्षिक कार्ययोजनाअनुसार विद्यालयमा गरिने खेलकुद, प्रतिभा प्रस्फुटनका कार्यक्रमबाट उत्कृष्ट छनौट गरी पुरस्कृत गरेर उनीहरुको प्रतिभालाई प्लेटफर्म दिन सफल भएको बताए । दिवसको अवसरमा विद्यालयमा विज्ञान प्रदशर्नी, खाना महोत्सव र नृत्य कार्यक्रम गरिएको छ । विद्यालयमा प्ले ग्रुपदेखि कक्षा १२ सम्म अध्ययन गर्ने १ हजार २ सय विद्यार्थीहरु छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij