
मंगलवार , पौष १२, २०७९
बुटवल, १२ पुस ।
गुल्मीको छत्रकोट–३ स्थित एक विद्यालयमा अध्ययरत विपन्न विद्यार्थीहरुलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरिएको छ । रोटरी क्लब अफ बुटवल डाउनटाउनले श्री चण्डीदेवी आधारभुत विद्यालयमा अध्ययनरत अतिविपन्न २ सय ५० जना विद्यार्थीहरुलाई न्यानो कपडा तथा शैक्षिक सामग्रीहरु वितरण गरेको हो ।
एक समारोहकाबीच जोन १७ का एजी प्रेम भुर्तेल, छत्रकोट गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डे, क्लबका अध्यक्ष भरत राना, ईलेक्ट प्रेसिडेन्ट कमला हमाल, पूर्वअध्यक्ष रवि पोख्रेलले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुणाखर पन्त, प्रधानाध्यापक जंग बहादुर अर्याललाई हस्तान्तरण गरेका छन् ।
जोन १७ का एजी प्रेम भुर्तेलले रोटरी ईन्टरनेश्नल पोलियो शुन्यदेखि अन्य धेरै सामाजिक कार्यमा विश्वमा पहिचान बनाएको सामाजिक संस्था भएको बताए ।
क्लबका अध्यक्ष भरत रानाले सामाजिक उत्तरदायित्व अन्तरगत क्लबमार्फत वर्षभरी नै कार्यक्रम गरिदै आएको बताए ।
कार्यक्रम संयोजक केशव टण्डनले २ सय ५० पिस स्वीटर तथा कापी, पेन्सिल लगायत शैक्षिक सामग्रीहरु विद्यालयका अतिविपन्न दलित वस्तीका विद्यार्थीलाई बितरण गरिएको बताए । क्लबका पूर्वअध्यक्ष पिताम्बर ज्ञवाली, भिमराज श्रेष्ठ, उपाध्यक्ष धर्म ज्ञवाली, चुनिया गुरुङ, प्रेमा केसी, विनिता थापा, सुविता सैंजु, मथुरा भण्डारीले सामाजिक रुपान्तरणमा आफूहरु निरन्तर संस्थागत रुपमा अघि बढने बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij