२०८२, भाद्र २५ गते

Sep 10 2025 | २०८२, भाद्र २५ गते

वक्तृत्वकला प्रतियोगितामा आवर पीसल्याण्डका सन्देश प्रथम 

मंगलवार , पौष १२, २०७९

  • 3.2K
    Shares
  • 3.2K
    Shares
  • बुटवल, १२ पुस । 
    शिक्षामा थप गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यका साथ गठित बुटवलमा अवस्थित संस्थागत विद्यालयहरुको संगठन, बुटवल संस्थागत विद्यालय एशोशियसन (बिसा) ले आफ्नो मातहतमा रहेका विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्ने हेतुले नेपाल आमाको चाहना : स्वदेशमै रोजगारीको श्रृजना’ विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।

    अक्सफोर्ड माविको सभाहलमा सम्पन्न ९ वटा विद्यालयहरुको सहभागीता रहेको प्रतियोगितामा आवर पीसल्याण्ड एकेडेमीका सन्देश भण्डारी प्रथम, इडन बोर्डिङ स्कूलका रितीका खनाल द्वितीय, अक्सफोर्ड माविका टेरिसा भण्डारी तृतीय र साइनिङ्ग स्टार बोर्डिङ स्कूलका रुवी अर्यालले सान्त्वना स्थान प्राप्त गर्न सफल भएका थिए । बुटवल बहुमुखी क्याम्पसका नेपाली विभागका उप–प्राध्यापक प्रदिप प्रसाद ज्ञवालीले निर्णायकको भूमिका निर्वाह गरेका थिए । हाल बिसामा १३ वटा विद्यालयहरु आबद्ध छन् ।

    एशोशियसनका अध्यक्ष कुलानन्द पाण्डेको अध्यक्षता, प्याब्सन लुम्बिनी प्रदेशका अध्यक्ष लालहरि पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगिताको स१चालन सचिव मित्रहरि आचार्यले गरेका थिए ।