
मंगलवार , पौष ७, २०७७
भैरहवा, ७ पुस ।
सामूहिक विद्यालय परिवार रुपन्देहीले नयाँ शैक्षिक सत्रमा एक विद्यालयबाट अर्को विद्यालयमा स्थानान्तरण भइ भर्ना हुँदा अनिवार्य रुपमा स्थानान्तरण प्रमाणपत्र र ग्रेडसिट पेश गर्नुपर्ने भए पनि त्यसको पूर्ण पालना नभएको जनाएको छ । शिक्षा नियमावलीमा उक्त कुरा रहे पनि उक्त नियमको पूर्ण पालना नभएको भन्दै परिवारले ज्ञापनपत्र बुझाएको छ ।
परिवारले शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका प्रमुख दीपेन्द्र ढकाललाई ज्ञापनपत्र बुझाउँदै रुपन्देही जिल्लाभरीका सम्पूर्ण स्थानीय तहमा नियमावलीमा रहेको नियम पालना गराउन आग्रह गरेको छ ।
सामूहिक विद्यालय परिवार, रुपन्देहीका सदस्य विद्यालयका विद्यार्थी स्थानान्तरण प्रमाणपत्र र ग्रेडसिट बिना विद्यार्थी भर्ना गर्ने विद्यालयलाई प्रक्रिया पु¥याएर मात्र भर्ना गर्न/गराउन आग्रह गर्दै सिद्धार्थनगर नगरपालिका र ओमसतिया गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुखका साथै विभिन्न विद्यालयमा ज्ञापनपत्र बुझाइएको परिवारका अध्यक्ष गम्भिर गुरुङले बताए ।
ज्ञापनपत्र बुझ्दै नियमावलीमा रहेका कुराहरु पूर्ण रुपमा पालना गराउन लागिपर्ने कार्यालय प्रमुख र शिक्षा शाखा प्रमुखहरुबाट प्रतिबद्धता आएको गुरुङले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij