
मंगलवार , पौष ७, २०७७
अर्घाखाँची ७ पुस। अर्घाखाँचीमा ६ जना कार्यालय प्रमुख सहित ६१ जना कर्मचारी बिदा स्वीकृत बिनै कार्यालय अनुपस्थित रहेको पाईएको छ।
जिलला प्रशासन कार्यालय अर्घाखाँचीले गरेको अनुगमनका क्रममा जिल्लाका अधिकांश कार्यालयका कर्मचारीहरु कार्यालयमा अनुपस्थित भएको पाईएको हो। सरकारी कार्यलयका ६ जना कार्यलय प्रमुख सहित ६१ जना कर्मचारीहरु विना जानकारी कार्यालयमा अनुपस्थित भएको प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले जानकारी दिए।
सन्धिखर्कमा रहेका २३ वटा सरकारी कार्यलयमा अनुगमन गर्दा ६१ जना कर्मचारी विदा तथा काज स्वीकृत नगरीकनै कार्यलयमा अनुपस्थित रहेको भेटिए भने १४ जना कर्मचारी विना पोशाक कार्यलयमा उपस्थित भएको भेटिएका छन्।
अर्घाखाँची अस्पतालका २७ जना, स्वास्थ्य कार्यलयका ७ जना, जिल्ला आयोजना कार्यलय इकाईका ५ जना, शिक्षा विकास तथा समन्वय ईकाइका ४ जना, कृषि ज्ञान केन्द्रका ४ जना, सन्धिखर्क सब डिभिजन बन कार्यलयका ४, डिभिजन बन कार्यलयका २ जना कर्मचारी विना जानकारी अनुपस्थित देखिएका छन्।
त्यस्तै सालझण्डी सन्धिखर्क ढोरपाटन सडक योजनाका १, जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यलयका १, विशेष नापी कार्यलयका १, कोष तथा लेखा नियन्त्रक कार्यलयका १ गरी ६१ जना कर्मचारी विदा स्वीकृत तथा काज स्वीकृत नगरीकनै कार्यलयमा अनुपस्थित भएको भेटिएका हुन्।
त्यस्तै घरेलु तथा साना उद्योग कार्यलय अर्घाखाँची ३, स्वास्थ्य कार्यलय अर्घाखाँची ३, मालपोत कार्यलय अर्घाखाँची १, जिल्ला आयोजना कार्यलय ईकाइका १, शिक्ष विकास तथा समन्वय ईकाइका २, सडक पुर्वाधार विकास कार्यलयका २, सिंचाई विकास डिभिजन कार्यलयका १ र अर्घाखाँची आयुर्वेद स्वास्थ्य केन्द्रका १ गरी १४ जना कर्मचारीले पोशाक नलगाएको भेटिएको प्रजिअ पौडेलको भनाई छ।।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij