
मंगलवार , पौष ७, २०७७
भैरहवा, ७ पुस ।
रुपन्देहीमा विद्यालयको भ्यानले ठक्कर दिदा ४ वर्षिय बालिकाको मृत्यु भएको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ मझुवास्थित क्यानन इङलिस बोर्डिङ स्कुलको लु १ च ७००२ नम्बरको भ्यानले मंगलबार बिहान ठक्कर दिदा सोही विद्यालयमा कक्षा एलकेजीमा अध्ययनरत स्मृति थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) सत्य नारायण थापाले बताए ।
भ्यानले ठक्कर दिदा घाइते भएकी बालिकालाई बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल लगिएको र बिहान ९ः३५ बजे डाक्टरले मृत्यु घोषणा गरेको थापाले जानकारी दिए । बालिकालाई ठक्कर दिने भ्यान र चालक प्रहरीको नियन्त्रणमा छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij