
मंगलवार , पौष ७, २०७७
भैरहवा, ७ पुस ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा कार्यरत शाखा अधिकृत रामप्रसाद विश्वकर्माको विदाई गरिएको छ । ५८ वर्षको अनिवार्य सेवा अवधिका कारण समय अवधि पुरा भएकाले उनलाई विदाई गरिएको हो ।
नगरपालिकामा मंगलबार एक कार्यक्रमको आयोजना गरी विश्वकर्माको बिदाइ गरिएको हो । नगरप्रमुख हरिप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख उमा काफ्ले, प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनी लगायतले बोल्दै अवकाश जीवन राम्रोसंग व्यतित गर्न आग्रह गरे । खाली समय समाजसेवामा लाग्न र आफ्नो अनुभवको प्रयोग गर्न पनि कार्यक्रमका वक्ताले सुझाव दिएका थिए । विश्वकर्मालाई अविर र टिकासहित मायाको चिनोले सम्मान गरिएको थियो ।
२०४२ सालदेखि नगरपालिकामा कार्यरत विश्वकर्माले आफुले काम गर्दाको तितो मिठोलाई सामान्य रुपमा लिन पनि सबैमा आग्रह गरे ।
नगरपालिका कर्मचारी एशोसियसन सिद्धार्थनगरका अध्यक्ष योगराज पन्थीको स्वागतमा तथा नगरपालिकाका शाखा अधिकृत एवं प्रशासन शाखा प्रमुख शेखरनाथ पन्थीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij