२०८२, भाद्र १३ गते

Aug 29 2025 | २०८२, भाद्र १३ गते

आइतबार भैरहवामा जिल्लास्तरीय कराँते प्रतियोगिता हुँदै

शनिवार , पौष १६, २०७९

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • भैरहवा, १६ पुस ।
    मदन भण्डारी स्पोर्टस् एकेडेमी सिद्धार्थनगर नगर कमिटी, रुपन्देहीको आयोजनामा आइतबार (भोलि) भैरहवामा मदन भण्डारी स्पोर्टस् एकेडेमी जिल्लास्तरीय कराँते प्रतियोगिता हुने भएको छ । एकेडेमीको १४ औं स्थापना दिवसको अवसर पारेर प्रतियोगिताको आयोजना गरिएको मदन भण्डारी स्पोर्टस् एकेडेमी सिद्धार्थनगरका अध्यक्ष सरन गुरुङले बताए ।

    रुपन्देही जिल्लाभित्र रहेका खेलाडीहरुको क्षमता अभिवृद्धि तथा विकास गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको मोहम्मद अलिले बताए । आइतबार बिहान १० बजेदेखि सिद्धार्थनगर नगरपालिका–९ उदयपुरस्थित उद्योग व्यापार संगठन, रुपन्देहीको सभाहलमा प्रतियोगिता हुने उनले जानकारी दिए ।