
मंगलवार , पौष ७, २०७७
बुटवल, ७ पुस ।
लायन्स क्लब अफ बुटवल सिद्धबाबा भृकुटीले सिद्धबाबा दुर्गा भवानी शिवकुमारी सैजु वृद्धाश्रमलाई सरसफाइका सामाग्री तथा डस्टबिन वितरण गरेको छ । मंगलबार एक कार्यक्रमकाबीच लायन्स ३२५ बी २ का पीडिजि एमजेएफ महेन्द्र नारायण श्रेष्ठ, क्लबका पूर्वअध्यक्ष तथा इभ्यालेसन टीमका राधिका भुसाल, पार्वती ज्ञवाली, संस्थापक अध्यक्ष कोपिला रसाइली, रिजन चेयरपर्सन सीता भट्टराई, पूर्व अध्यक्ष अनामिका घिमिरे, निवर्तमान अध्यक्ष लक्ष्मी अधिकारीले आश्रमका महेश्वर प्रसाद श्रेष्ठलाई क्लिनर, हार्पिक, साबुन ,सर्फ, डेटोल, टिस्यु पेपर, लुगाधुने साबुन, फिनेल लगायत सामग्री हस्तान्तरण गरेका हुन ।
कोभिड–१९ का बीच स्वास्थ्य सुरक्षा महत्वपूर्ण भएको भन्दै आश्रमलाई क्लबबाट थोरै भए पनि सहयोग गरिएको क्लबका अध्यक्ष तुल्सा न्यौपाने सिंहले बताए । क्लबका सचिव सुमन पछाई, संयोजक विष्णु बोहराले कोभिड–१९ का कारण वार्षिक कार्ययोजना अनुसार कार्यक्रम गर्न नसकिएको भए पनि समयसन्दर्भमा विविध रचनात्मक कामहरु गरिएको बताए
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij